मुक्त हलियाका समस्या उहि, पुनःस्थापनको रकम पनि खर्च हुन सकेन
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार २१:५८:१४
कन्चनपुर । मुक्त हलिया पुनःस्थापनका लागि सरकारले विनियोजन गरेको रकम खर्च हुन नसक्दा अन्योलता बढेको छ ।
सुदूरपश्चिम प्रदेशका सात जिल्लाका मुक्त हलिया पुनःस्थापनका लागि सरकारले रु २६ करोड १७ लाख ७७ हजार ५०० वजेट विनियोजन गरिएको थियो । तर असार महीनाको दोस्रो साता मात्र ‘क’ श्रेणीको परिचयपत्र पाएका घर जग्गा नभएका मुक्त हलिया परिवारलाई पुनःस्थापन गराउनका लागि विनियोजन गरिएको रकम खर्च नहुँदा उनीहरुमा अन्योलता बढेको हो ।
कञ्चनपुरसहित कैलाली, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, बाजुरा र कर्णाली प्रदेशको सुर्खेत जिल्लाका एक हजार १३५ परिवार मुक्त हलियालाई पुनःस्थापन गर्न अर्थ मन्त्रालयले बजेट पठाएको थियो । आठवटै जिल्लाका ५८ वटा स्थानीय तहका पुनःस्थापन हुन बाँकी मुक्त हलियाको घरजग्गाको व्यवस्था गर्न रकम मन्त्रालयले आर्थिक वर्ष समाप्त हँुदै लाग्दा पठाएपछि खर्च हुन नसकेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारले बताए ।
“ढिलो गरी बजेट प्राप्त भएपछि जग्गा खरीद गर्नका लागि कानूनी प्रक्रिया पु¥याउन नसक्दा रकम परिचालन हुन नसकेपछि मुक्त हलिया परिवार पुनःस्थापन हुनबाट बञ्चित रहेका छन्”, उनले भने ।
कतिपय वास्तविक मुक्त हलिया पहिचान हुनबाट छुट्न गएका, विगतमा पुनःस्थापना गराउँदा जग्गाको लालपूर्जा उपलब्ध गराइए पनि कतिपयको जग्गा नभेटिने अवस्था रहेको, बाढी तथा पहिरोको जोखिम हुने क्षेत्रमा पुनःस्थापना गराइएका कतिपयलाई जग्गाको सट्टा भर्ना गरी पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार