पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १४:२:१६
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ ।
गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो ।
आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो । गौतम परिवारको पहिरोका कारण गोठ पुरेको छ भने घर पहिरोको उच्च जोखिममा परेका कारण घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।
काँडेवासबाट रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली सहयोगीबाट सङ्कलित रकम मृतक गौतमको १२औँ दिनको पुण्यतिथिमा उनकै निवासमा पुगेर शनिबार गौतमको परिवारलाई हस्तान्तरण गरिएको काँडेवास सेवा समाज गलकोट समन्वय समिति काँडेवासका संयोजक मणिभद्र चालिसेले बताए।
“दुःखमा सहयोग गर्नका लागि काँडेवास सेवा समाज गठन गरेका हौँ”, चालिसेले भने, “हस्तान्तरण गरिएको रकमले नयाँ घर बनाउन सहयोग मिल्नेछ ।” आर्थिक अवस्था कमजोर भएको परिवार पहिरोकै कारण स्तानान्तरण हुनुपर्ने अवस्था सिर्जन भएकाले सहयोग अभियान सञ्चालन गरिएको काँडेवास सेवा समाज जापानले जनाएको छ ।
काँडेवास सेवा समाज जापानद्वारा सङ्कलित गरिएको रकम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मृतक सीता गौतमका दाजु पिताम्बर गौतमलाई हस्तान्तरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार