अरनिकोले नेपाललाई चीनमा चिनाए : शताब्दी पुरुष जोशी
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १४:९:५७
काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ७०० वर्षअघि नै देशका विभूति अरनिकोले चीनमा गएर नेपालको कला, संस्कृति तथा बुद्धको चैत्यसम्बन्धी आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरेर नेपाललाई चीनमा परिचित गराएको बताएका छन् ।
उहाँले अरनिकोले आठ वर्ष लगाएर चीनमा विशाल चैत्य बनाएको र यसले नेपाल–चीनबीचको मित्रतालाई जनस्तरमा विस्तार गरेको उल्लेख गरे । साहित्यकार कलाधर काफ्लेको सेक्सपियरको देशमा नामक पुस्तकको शनिबार विमोचन गर्दै शताब्दी पुरुष जोशीले नेपालले अरनिकोको पालादेखि नै नियात्राको विकास गरेको स्मरण गरे ।
उनले विश्वमा पहिलोपटक इटलीका विश्व प्रसिद्ध साहित्यकार मार्कोपोलोले विश्वमा पहिलोपटक नियात्रा सङ्ग्रह प्रकाशित गरेको र यसको फाइदा कोलम्बसलाई अमेरिका पत्ता लगाउन सजिलो भएको चर्चा गरे ।
जोशीले नियात्राकार, अनुसन्धानकर्ता तथा लेखक मार्कोपोलोले चीनको यात्रा गरेर चीनबारे युरोपलाई ज्ञान दिएको र सोही समयमा अरनिकोले चीनमा नेपालको प्रचार गरेको स्मरण गरे । विश्वप्रसिद्ध साहित्यकार सेक्सपियरको सम्झनामा शीर्षक दिइएको सो पुस्तकमा चार खण्ड रहेको छ । १५ यात्रा निवन्ध, बेलायतका यात्राका क्रममा रहेका तस्वीरहरु तथा परिचय पुस्तकमा रहेको छ ।
सेक्सपियरका आम्र्ज एण्ड दि म्यान विश्वप्रसिद्ध नाटक हुन् । त्यस्तै पुस्तकमा सेक्सपियरप्रतिको सम्मान, नेपालमा कर्मचारीको अवस्था, तथा उनीहरुका खराब व्यवहार वर्णन गरिएको छ ।
कार्यक्रममा समीक्षक रामप्रसाद ज्ञवालीले पुस्तकमा बेलायतयात्रा र सेक्सपियरको वर्णन राम्रोसँग गरिएको बताए । डा घनश्याम खतिवडाले देशमा रहेका विभिन्न कला, साहित्य तथा भाषाले बाहिरी विश्वमा परिचित गरेको बताए ।
कार्यक्रममा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार जीवेन्द्रदेव गिरी, साहित्यकार वासुदेव त्रिपाठी, लेखक कलाधर काफ्ले, कवि ठाकुर शर्मालगायतका वक्ताले निवन्धको विविध पक्षमा प्रकाश पारेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार