अनाथ बालबालिकालाई सहयोग गर्दै नेविसंघले कांग्रेस नेता स्वर्गीय कमल पंगेनीलाई सम्झ्यो
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १६:५२:५९
काठमाडौं। नेपाली कांग्रेस मात्र नभएर नेपाली राजाितीमा परिचित नाम हो कमल पंगेनी, तत्कालिन नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् संविधान सभा सदस्य पंगेनीको निधन भएको एक बर्ष पुगेको छ ।
नेपाल विधार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिले उनै स्वर्गिय कमलप्रसाद पंगेनीको प्रथम वार्षिकीको स्मृतिमा अनाथ, असहाय वालबालिकालाई लत्ता कपडा, शैक्षिक र खाध सामग्री वितरण गरेको छ। कालिका बाल विकास केन्द्र, चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ उपस्थित कार्यक्रममा अनाथ वालबालिकालाई ट्रयाक सुट सेट, टिसर्ट कपडा, चप्पल, जुत्ता, चामल, दाल, तेल जस्ता खाधान्न सामाग्री र सबैलाई कापी कलम लगायतका स्टेशनरी सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले , संस्थाका संचालक ज्ञानुदत्त भट्ट र कांग्रेस वडा सभापति केपी पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा महिला संघ केन्द्रीय सदस्य माया राना, नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डे, नेविसंघ पुर्व केन्द्रीय सदस्य विष्णु पौडेल,चन्द्रागिरी १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, चिरन्जिवी भण्डारी, रमेश रायमाझी, दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पछि सम्पर्क समितिका सभापति दीपेन्द्र क्षेत्रीले दिवंगत पंगेनीको राजनैतिक जीवन र योगदानका बारेमा चर्चा गर्दै बर्तमान अवस्थामा उनको अभाव खड्किरहेको बताएका छन् साथै उनले सामाजिक, रचनात्मक कार्यक्रमहरु गरेर सम्पर्क समितिले अझ सशक्त र जागरुक बनाउने प्रतिबद्दता समेत व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार