नेपाली स्याटेलाइटले अन्तरिक्षमा पहिलो पटक तस्विरहरु खिच्यो
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १८:४२:९
काठमाडौं । नेपालको पहिलो स्याटेलाइटले काम गर्न थालेको छ । स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक पनि गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट अन्तरिक्षमा पठाइएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार मात्रै सार्वजनिक गरिएको छ ।
बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ ।
यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो । नानो स्याटेलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर परीक्षणका लागि शुरुमा सूर्यको तस्विर खिचेको बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले जानकारी दिए ।
नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए । शनिबार सार्वजनिक गरिएका तस्विरहरु केही समयअघि लिइएको मास्केले जानकारी दिए । जापानका विभिन्न निकायको अनुमतिपछि यी तस्विरहरु सार्वजनिक गरिएको हो ।
उनले भने, ‘नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ । त्यो पनि सार्वजनिक गर्ने छौं ।’
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो । उक्त भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ ।
मास्के जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दैछन् । यो प्रोजेक्टमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का तर्फबाट प्राविधिक हरिराम श्रेष्ठ सहभागी रहेका छन् ।
नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ । यो १ किलो ३३० ग्रामको छ ।
प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्दै आएको छ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ ।
मास्केले जापानी समयअनुसार राति ९ बजे जापानी आकाशमा आइपुग्ने बताए । प्रत्येक पटक आकाशमा आइपुग्दा ग्राउन्ड स्टेसन र स्याटलाइटबीच दस मिनेट मात्रै सम्पर्क हुनेगर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार