गोसाइँकुण्ड मार्गमा सरसफाइ
नेपालबहस संवाददाता
साउन १९, २०७६ सोमबार ०:२१:३५
रसुवा । नजिकिँदै गरेको पवित्र तीर्थ गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी वातावरण स्वच्छता कायम गर्न धार्मिक मार्गको सरसफाइ अभियान शुरु गरिएको छ ।
धुञ्चे बजारबाट शनिबारदेखि शुरु गरिएको मोटर र पैदल मार्गको सफाइ अभियान त्रिशूली नदीको तिवारी बजारतर्फ सरसफाइ सम्पन्न गरी जम्मा भएको २०० क्विन्टल भन्दा बढी फोहर व्यवस्थापन गरिएको छ ।
यही साउन २६ देखि ३० गते जनैपूर्णिका दिनसम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन हरित युवा पर्यटन समाजको अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
पैदल मार्गको अवस्था र सुरक्षाकर्मी परिचालन गर्ने स्थानको पहिचानका लागि रसुवाका प्रजिअ अर्जुन भण्डारीको नेतृत्वमा देउराली क्षेत्रमा शनिबार स्थलगत निरीक्षण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यात्राका क्रममा उत्पन्न फोहर जथाभावी नफ्याँक्न आग्रह गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले निगालोको मात्र लौरो प्रयोग गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार