देशभर सामान्य बदली : तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा !
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १४:३५:४४
काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ अर्थात नेपाल नजिक सरेकाले मनसुनी गतिविधि केही सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुने क्रममा रहेको मौसमविदले बताएका छन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । यस्तै चट्याङ्ग पनि परिरहेको छ ।
सोमबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका तराई क्षेत्रका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा तथा चट्याङ्ग पर्ने सम्भावना रहेको छ । राति मध्य र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार