तुरतुरे ताल फुट्यो, बडीगाड खोला आसपासमा खतरा
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १६:२४:२१
बागलुङ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको कृत्रिम तुरतुरे ताल फुटेको छ। झण्डै ७० प्रतिशत भाग फुटेको अनुमान गरिएको छ।
आइतवार साँझ ५ बजेतिरबाट परेको अविरल बर्षा अहिले पनि रोकिएको छैन। तालको सतह को धेरै भाग घटेको छ।
सोहि तालको नजिकै बडिगाड खोलाले मध्यपहाडि लोकमार्गको झण्डै २ सय मिटर भाग वगाएको छ भने सो संगै बागलुङ बुर्तिवाङ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
गत वर्ष बडिगाड गाउँपालिकाको वडा नं. ७ को तुरतुरे भन्ने स्थानमा ठूलो पहिरो जाँदा वडिगाड खोलालाई ७ घण्टा थुनेरताल बनाएको थियो। तटिय क्षेत्रमा रहेका बडिगाड गाउँपालिका भित्रका खाल, खार र खर्वाङ बजार क्षेत्र जोखिममा छन्।
त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवति गाउँपालिका रुरु गाउँपालिका लगाएतको तटिय क्षेत्रमासमेत उच्च सतर्कता अपनाइएको छ।
तटिय क्षेत्रमा उच्च सर्तकताको लागी समन्वय गरिरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार