‘विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर’
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १४:१४:१५
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विपदबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न प्रदेश सरकार गम्भीर भएर लागेको बताएका छन् ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ (ग) बमोजिम दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिएका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले असार २६ गतेदेखि परेको अविरल वर्षाले प्रदेशमा ३७ जनाले ज्यान गुमाएका, १४ बेपत्ता रहेका, २४ घाइते भई आठ हजार मानिस अस्थायी रूपमा विस्थापित भएका जानकारी दिँदै प्रदेश सरकार बाढीपहिरोमा परेकालाई राहत, उद्धार र खोजमा सक्रिय रूपमा लागेको जानकारी गराए ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीय निकायलाई उद्धार, राहत र खोजीमा प्रयोग गरिएको जानकारी गराउँदै राहतलाई दुरुपयोग हुन नदिन सबै जिल्लाका प्रजिअमार्फत राहत वितरण गर्न एकद्वार प्रणाली अपनाइएको बताए ।
उनले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप एवं विपद्मा परेका मानिसलाई राहत वितरण कार्यलाई सहज बनाउन सुनसरीको इनरुवा, विराटनगर, झापाको चन्द्रगढीमा गोदामघरको व्यवस्थापन गरेको जानकारी गराए ।
प्रदेशसभा सदस्य अम्बिका थापा, इन्द्रमणि पराजुली, उत्तमकुमार बस्नेत, उपेन्द्रकुमार घिमिरे, एकराज कार्की, कल्पनाकुमारी सरदार, जयराम यादव, जसमाया गजमेर, धिरेन्द्र शर्मा, नवोदितता चौधरी, मोहनकुमार खड्का, राजकुमार ओझा, राजेन्द्रकुमार राई, रामबहादुर मगर, लछुमन तिवारी र बिमल कार्कीले प्रतिपक्षले सरकारको संवेदनशीलतामा ध्यान नदिई हतारमा सो प्रस्ताव ल्याएको भन्दै आलोचना गरे ।
सो प्रस्तावमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवनारायण गनगाइँ, विद्यानन्द चौधरी, सूयर्माराज राई, मोहम्मद ताहिर मियाँ, ओम सरावगी र ज्योति सुब्बाले पक्षमा धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही साउन २१ गते दिउँसो १ः०० बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार