आज दिनभर आंशिकदेखि सामान्य बदली !
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १४:३५:५४
काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै हाल मनसुन सक्रिय बन्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वका पहाडी भू–भाग, मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ।
विभागको मंगलबार बिहानको मौसमी बुलेटिन अनुसार पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी तराईको मौसम सामान्यतया सफा रहेको छ ।
देशको पश्चिमी भू–भागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । चट्याङ्ग पर्ने सम्भावना पनि रहेको जनाइएको छ ।
यस्तै मंगलबार राति देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्वी क्षेत्रका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
मौसमी बुलेटिन :
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ |
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको छ | पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २१ गते (मंगलबार)
दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखिन सामान्य बदली रही देशको केहि स्थानहरुमामेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पुर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
श्रावण २२ गते (बुधबार)
दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
श्रावण २३ गते (बिहिबार)
दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार