ओबामा भन्छन्, घृणा र जातीय द्वेष फैलाउने नेताका भाषण अस्वीकार गरौं
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १८:१८:२२
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न अमेरिकीहरूलाई आग्रह गरेका छन्।
ओबामाले कसैको नाम लिएनन्, तर राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी विरोधी भाषणले हिंसा चर्काएको भनेर भइरहेको आलोचना पन्छ्याउने प्रयत्न गरिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएको बिबिसी उल्लेख गरेको छ ।
पछिल्लो बन्दुक आक्रमणहरूपछि राष्ट्रपति ट्रम्पले घृणा र गोराजातिको सर्वोच्चता चाहनेहरूको निन्दा गरेका थिए।उनले आमहत्यामा संलग्नहरूलाई मृत्युदण्ड दिइनुपर्ने र बन्दुक नियन्त्रण सम्बन्धी कानूनहरूबारे दलीय सहकार्य हुनुपर्नेमा पनि जोड दिएका छन्।
सप्ताहन्तमा टेक्सस र ओहायोमा भएका दुई सामूहिक हत्यामा ३१ जनाको मारिएपछि ओबामाले भने हामी सबैले सहनशीलता र विविधताको मूल्यमान्यता अङ्गाल्दै दैनिक व्यवहार गर्नुपर्छ। त्यो नै हाम्रो प्रजातन्त्रको विशेषता हो।
ओबामाको धारणासँग एल पासो घर भएका डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका आकाङ्क्षीले पनि सहमति जनाएका छन्। राष्ट्रपति पदमा बहाल रहँदा ओबामाले बन्दुकको स्वामित्व नियन्त्रण गर्न गरेको प्रयास विफल भएको थियो।
सन् २०१५ मा उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा बन्दुकबाट जोगिनसक्ने साधारण खालका कानुन समेत पालना गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो निराशा भएको उल्लेख गरेका थिए।
बरु उनले मानसिक रोगका कारण अमेरिकामा बन्दुकसँग जोडिएका हिंसाहरू भइरहेको बताए। अहिले फेरि ट्रम्पले जातीयता, असहिष्णुता र गोराजातिको सर्वोच्चता चाहनेहरूको भर्त्सना गर्न थालेका छन्।
ट्रम्पले कानुन परिवर्तन गरेर खतरनाक ठानिएका मानिसविरुद्ध कानुनी कारबाही गर्न सकिने सङ्केत समेत गरेका छन्।शनिवार अल पासो टेक्सासमा भएको गोलीकाण्डमा २२ जना मारिएका थिए भने २६ जना घाइते भएका थिए।
डालस नजिकैको शहर एलेन बस्ने संदिग्ध आक्रमणकारीले हमला अघि अनलाईनमा एउटा दस्तावेज राखेको र त्यसमा टेक्ससमा भएको हिस्प्यानिक समुदायको अतिक्रमणविरूद्ध आफ्नो कदम लक्षित रहेको उल्लेख गरेको जनाइएको छ।
त्यसपछि आइतबार सबेरै एक बन्दुकधारीले आफ्नी बहिनी र अन्य आठजनालाई डेटन ओहायोमा गोली हानी मारिदिएका थिए। उक्त आक्रमणमा २७ अन्य घाइते भएका छन्।
तर अधिकारीहरूले उक्त आक्रमणको उद्देश्यबारे केही बताएका छैनन्। सोमवार प्रहरीले बन्दुकधारीले आफ्नै बहिनीको हत्या गर्नुको उद्देश्य खुल्न नसकेको बताएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार