रासायनिक मल नपाउँदा किसान निराश
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १९:५७:४५
बाँके । रासायनिक मलको अभावका कारण बाँकेका किसान निराश बनेका छन् । रासायनिक मल खरीदको लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरु रित्तो हात घर फर्किन बाध्य छन् ।
बाँकेमा रासायनिक मल खरीद बिक्रीको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीमा किसानको माग बढी हुने बेला रासायनिक मलको मौज्दात रित्तिएपछि कृषक समस्यामा परेको कार्यालयका निमित्त प्रमुख रमेश पौडेलले बताएका छन् । उनका अनुसार आइतबार मात्रै एक हजार बोरा युरिया मल जिल्लाका ७६ वटा सहकारीलाई वितरण गरिएपछि अब मौज्दात सकिएको छ ।
आव २०७६/७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको हो । केन्द्रबाट मल नआएपछि जिल्लामा अभाव भएको छ । कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालयले नयाँ आर्थिक वर्षका लागि मल खरीद गरिसके पनि भदौ पहिलो हप्तासम्म मात्रै नेपालगञ्ज आइपुग्ने पौडेलले जानकारी दिए ।
धान रोपेको २१ दिनपछि किसानलाई युरिया मल आवश्यक पर्छ, यो बेला मल नपाउँदा कृषक उत्पादन कम हुने चिन्तामा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनका अनुसार बाँकेमा करीब ९७ प्रतिशत कृषकले धान रोपिसकेका छन् । मुख्यबाली धान रोपेका किसानले बेलैमा मल हाल्न नपाउँदा चिन्तित हुनु स्वभाविक भएको उनको बुझाइ रहेको छ ।
मलका लागि दैनिक रुपमा किसान सहकारी संस्थाहरुमा पनि धाउने गरेका छन् । कोहलपुर स्थित साझा सहकारीका अध्यक्ष पारसनाथ थारुले दैनिक १०० बढी किसान युरिया मलको लागि आउने गरेको भए पनि किसानलाई मल दिन नसकिएको बताए। अघिल्लो आवमा एक हजार ४८० क्वीन्टल ५० किलो युरिया मल बिक्री गरिएको भए पनि यस वर्ष मल खरीद गर्न नपाउँदा बिक्री गर्न सकिएको छैन ।
कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख पौडेलका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आव २०७५/७६ को असार मसान्तसम्म रासायनिक मल चार हजार ६०० टन, डिएपी एक हजार ९७२ र पोटास ४९ टन बिक्री गरेको छ । कम्पनीले युरिया तीन हजार टन, डिएपी एक हजार ६०० र पोटास ७० टन बिक्री गर्ने वार्षिक लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार