यस बर्ष कम रोपाइँ
नेपालबहस संवाददाता
साउन २१, २०७६ बुधबार ३:६:५२
काठमाडौं । समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो ।
गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्षको सोही अवधिमा ८६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
गत वर्ष सोही अवधिमा १२ लाख २९ हजार ३३५ हेक्टरमा रोपाइँ भए पनि यस वर्ष ११ लाख ७९ हजार ६८८ हेक्टरमा मात्र रोपाइँ भएको छ । नेपालको कूल १३ लाख ७१ हजार ७०६ हेक्टरमा बर्खे धान रोप्न सकिन्छ ।
गत वर्षको तुलनामा कर्णालीबाहेकका सबै प्रदेशमा रोपाइँको दर घटेको छ । सो अवधिमा गत वर्ष प्रदेश नं १ मा ८६.२९ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ८०.१३ प्रतिशतमात्र सम्पन्न भएको छ । त्यसैगरी प्रदेश नं २ मा गत वर्ष ८४.४६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८१.९९ प्रतिशत र प्रदेश नं ३ मा गत वर्ष ८९.३६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८८.६७ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँ घटेको छ । सो अवधिमा गण्डकी प्रदेशमा ९६.५९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८६.५९ प्रतिशतमात्र रोपाइँ हुन सकेको छ । प्रदेश नं ५ मा गत वर्ष ९१.३९ प्रतिशत र यस वर्ष ८८.८६ तथा सुदूरपश्चिम प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ भए पनि यस वर्ष ९५.३३ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा केही मात्रामा रोपाइँको दर बढेको छ । सो अवधिमा गत वर्ष ९१.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको कर्णाली प्रदेशमा यस वर्ष ९४.१० प्रतिशत रोपाइँ भएको केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले जानकारी दिए।
भौगोलिक अवस्थाका अनुसार उच्च पहाडमा ०.९२, मध्य पहाडमा ३ र तराईमा ३.९७ प्रतिशतले घटेको छ । उच्च पहाडमा गत वर्ष साउन १८ गतेसम्म ८९.७६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८८.८४ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।
यस्तै मध्य पहाड र तराईमा क्रमशः गत वर्ष ८९.६५ र ८९।६० प्रतिशत रोपाइँ भएकामा यस वर्ष क्रमशः ८६.६५ र ८५.६३ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । तराईका जिल्लामा साउन मसान्तसम्म रोपाइँ गर्न सकिने भएकाले गत वर्षकै अनुपातमा रोपाइँ हुन सक्ने केन्द्रले जनाएको छ ।
पर्याप्त सिँचाइको सुविधा नहुँदा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । ठूला क्षेत्रमा एकैसाथ सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ निर्माण शुरु गरिएको सिँचाइ आयोजना सम्पन्न हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार