तीजको पूर्वसन्ध्यामा पनि सुनचाँदी पसल सुनसान, किन बढ्यो सुनको भाउ ?
कुसुम सेञ्चुरी
साउन २२, २०७६ बुधबार २०:४:५५
काठमाडौं । अबको २७ दिनपछि नेपाली नारीहरुको महान चाड तीज आउदै छ । यसपटक हरितालिका तीज भदौ १६ गते परेको छ ।
गतबर्ष हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा निकै चहलपहल थियो तर, यसपटक भने तीजको पूर्वसन्ध्या हुदाँ पनि बजारमा चहलपहल पातलिदै गएको छ ।
तीजमा चिटिक्टै पर्ने महिला दिदीबहिनी आफुलाई अझै राम्रो बनाउन सुनका गहनाले सजाउने गर्छन् । त्यही गहना किन्न गतबर्ष यही समयमा बजारमा भिडभाड निकै हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउछन् ।
यसपटक भने गतसातादेखि सुनचाँदीको भाउ एक्कासी बढेपछि हिजोआज बजारमा सुनका गहना बनाउन आउने ग्राहकहरु निकै कम मात्रामा बजारमा देखिएका छन् । चाडपर्व नजिकिएसंगै यसपटक छप्पकै गहना लगाउने सोचमा भएका महिला दिदीबहिनी पनि निराश भएका छन् ।
रामेछापको मन्थली घर भएकी मिना बस्नेत काठमाडौंको अनामनगरमा बस्दै आएकी छन् । उनका श्रीमान गतबर्ष पुसको महिना बैदेशिक रोजगारीमा कतार गएका छन् । घरको अलिकती ऋण तिरेर बचेको पैसाले सुन किन्न काठमाडौंको न्यूरोड पुगेकी बस्नेत रित्तै हात फर्केकी छिन् ।
नेपालबहससँग कुरा गर्दै बस्नेत, भन्छिन्, कानमा हाने जस्तै भयो सुनको भाउ सुन्दा अनि नकिनेर आए । सोचेकी थिए, छोरी र आफुलाई यसपटक छप्पकै सुनका गहना बनाउँछु, नानीको वुवाले नि किन त किन्ने भए गहना भन्नु भाको थियो तर भाउ सुन्दा हामीले छुन्नै नसक्ने रहेछ ।
यतिबेला नेपाली बजारमा सुनको भाउ इतिहाँसकै महङ्गो भएको छ । सोमबार सुन इतिहाँसमै पहिलोपटक एकैचोटी १५ सय रुपैयाँले बढेको सुनचाँदी कला व्यवसायी महासंघका अध्यक्ष द्धारिका शंकरले नेपालबहसलाई बताए । साताको पहिलो दिन आइतबार तोलाको ६६ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार एक्कासी ६७ हजार ८ सय रुपैयाँ पुगेको हो ।
अध्यक्ष शंकर भन्छन्, अमेरिकासँग इरान र उत्तर कोरियाको आणविक विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य केही दिनदेखि महङ्गिएका कारण सुनको भाउ नेपाली बजारमा पनि आकाशिएको हो । यसको पछिल्लो कारण भने अमेरिका र चीनबीचको व्यापार युद्ध भएको उनको अनुमान छ ।
उनी भन्छन्, अन्तर्राष्ट्रिय बजारमा शक्ति राष्ट्रहरुबीच व्यापार युद्ध चुलिएका कारण सुनमा लगानी बढेको छ । व्यापारमा देखिएको असमझदारीका कारण शेयरको मूल्य घट्ने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ताले सुरक्षाका लागि सुनमा लगानी गर्ने गरेका छन् । जर्मन सरकारले जारी गरेको ऋणपत्रका कारण पनि सुनमा लगानी बढेर सुन महङ्गिएको उनको बुझाई छ ।
यता काठमाडौंको भोटेबहालमा न्यू नसिङ नरसिन्हा गहना गृहका संचालक तथा सुन चाँदी कला व्यवसायी संघका केन्द्रिय सदस्य गणेश रसाइली भन्छन्, सुनको भाउले ठूलालाई फाईदा छ, सानालाई बेफाईदा छ । भन्नुको अर्थ जसले पहिले नै सुन किनेर राखेका थिए ति व्यवसायीलाई फाइदा र हामी जस्तै अर्डर आएपछि मात्र गहना बनाउनेलाई घाटा भएको छ ।
गतहप्ता केही ग्राहक आएपनि हिजो आज व्यापार निराशाजनक रहेको उनको भनाई छ । बजारका सुनचाँदी पसलमा अहिले चहलपहल पनि निकै कम रहेको उनले बताए । उनले नेपाल बहससँग कुरा गर्दै भने अहिले बजारमा ९९ प्रतिशत मानिस सुन वा सुनका गहना बेच्न आउने गछनर्् भन्ने दैनिक १ प्रतिशत मात्र सुन किन्न आउने गर्छन् तर सुन बेच्न आउनेलाई तत्काल तोकिएको जति रकम दिने नहँुदा सुनको मुल्यले दुवैलाई असर गरेको उनको बुझाई छ ।
यतिबेला काठमाडौं उपत्यकासहित देशैभरका सुनचाँदी पसलहरु शुन्य अवस्थामा छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउस्थित विजय सुनचाँदी पसलका संचालक विजय सुनार भन्छन, गतबर्ष यो सिजनमा कामको निकै चाप हुने गथ्र्यो तर यसपटक तीज नजिकिदै गर्दा सुनचाँदी पसलमा ग्राहकको उपस्थिती कम हुँदै गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटेसँगै यतिबेला सुनको मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन । मंगलबार हिजो ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । योसँगै सुनको मूल्य बढ्ने क्रम भने जारी छ ।
बजारमा माग र आपुर्ति बराबर भएमात्र सबैलाई सहज होला नत्र नेपाली आम व्यवसायीले अहिले नै सुनचाँदीको भाउमा घटेर राम्रो व्यापार होला भनेर अपेक्षा नगर्दा हुन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार