मार्तडी जोड्ने खारगडा खोलामा पुल नहुँदा समस्या
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १३:२३:५७
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–९ र ३ को सदरमुकाम मार्तडी जोड्ने खारगडा खोलामा पुल नहुँदा रजालीका तरकारी किसानलाई मार्तडी आवतजावतमा समस्या हुने गरेको छ ।
खोलामा पानीको बहाब बढेपछि आवातजावतमा समस्या हुने गरेको हो । खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको उनीहरूको गुनासो रहेको छ । नगरपालिकाले पुल निर्माणका लागि पहल गरेको बताए पनि काममा ढिलाइ हुँदा यो बर्खा पनि स्थानीयवासीले सास्ती भोग्नुपर्ने भएको छ ।
सदरमुकाम मार्तडीका लागि ८० प्रतिशत तरकारी बडीमालिका नगरपालिका–३ रजालीबाटै आउने गरेको होटेल व्यवसाही र व्यापारीले बताउने गरेका छन् । पानी परेको दिन समयमै तरकारी बजार नपुग्दा किसानले घाटा बेहोर्नु परेको छ ।
खोलाले स्थानीयवासीलाई वर्षेनी समस्या दिने गरेको छ तर स्थानीय निकाय भने यसबारे मौन देखिएको छ । पटक÷पटक पुल निर्माणका लागि माग गर्दासमेत निर्माण नगरिएको रजालीवासीको गुनासो छ । उच्च शिक्षाका लागि मार्तडी आउने विद्यार्थीलाई समेत सास्ती बेहोर्नु परेको स्थानीयवासी विनिता रावलले बताइन् ।
उक्त बाटो भएर गौमुल गाउँपालिका–१ का स्थानीयवासीले पनि आवतजावत गर्ने गरेका छन् । समस्या भोग्न उनीहरू पनि बाध्य छन् । जसको मारमा बालबालिका, महिला र वृद्धवृद्धा बढिपरेका छन् । स्थानीयवासीले काठे पुल निर्माण गर्न प्रयास गरे पनि खोला फैलिएर बग्ने भएकोले दीर्घकालीन रुपमा समाधान हुन नसकेको तरकारी व्यवसायी डबल रोकायाले बताए ।
खोला सानो देखिए पनि सम्म परेको ठाउँमा ८० मिटर जति फैलिएर बग्ने गरेको छ । खोलाले छेउमै रहेका स्थानीयवासीका खेत पनि कटान गर्दै लिएर सखाप पारेको छ । त्यसका लागि तटबन्धको व्यवस्था पनि राज्यले गरेको छैन् । किसानले वर्षेनी माग गरेपनि वडा नगरपालिका नसुनेझै गर्ने गरेको उनीहरूको आरोप छ ।
यता वडा अध्यक्ष वीरबहादुर रावलले बडीमालिका नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेको बताए । सदरमुकाम नजिकैको समस्या भएर पनि नगरले त्यति वास्ता नगरेको बताएका छन् । आगामी वर्ष आफैं वडाबाट भए पनि केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने उनको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे अध्यक्ष ओली
बैशाख २०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
डिजिटल हुण्डीमा १० करोडमाथि कारोबार गर्नेलाई गुपचुपमा अदालत
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट
बैशाख २०, २०८१ बिहिबार
जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट, दर्जनौं पशुचौपाया हताहत
बैशाख २०, २०८१ बिहिबार
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार