दुर्घटना बढेपछि नौ वटा अटो नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १३:३०:२२
सिन्धुली । सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी सवार गाडीलाई एक अटोले ठक्कर दिएपछि अहिले धमाधम अटो नियन्त्रणमा लिइएको छ । हिजाे मात्र नौ वटा अटो नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गर्दा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सवार गाडीलाई एक अटोले पछाडिबाट ठक्कर दिएको थियो । जिल्लामा सञ्चालनमा रहेको केही अटोबिना कागजात सञ्चालन हुँदै आएका थिए ।
सवारी चालक अनुमतिपत्र, सवारी दर्ता अनुमतिपत्र र रुट पर्मिटबिना सञ्चालनमा रहेका अटोलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिए ।
नियन्त्रणमा लिएका अटोलाई सबै कागजात ल्यापछि मात्र जरिवाना तिराएर छाडिने उनको भनाइ रहेको छ । जिल्लामा नियम विपरीत चलेका सबै अटोलाई नियन्त्रणमा लिई दुर्घटना न्यूनीकरण गरिने उनको भनाइ रहेको छ ।
जिल्लामा अटो दुर्घटना बढेपछि ट्राफिक प्रहरीले थप कडाइका साथ जाँचलाई अघि बढाएको छ । अटोमा ८ देखि १० जनासम्म सवार हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै अहिले चालकसहित चारजना भन्दा बढी यात्रु ओसार्ने अटोलाईसमेत कारवाही गरिने उनको भनाइ छ ।
क्षमता भन्दा बढी यात्रु बोक्ने ६ वटा अटो आज कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तीन पाङ्ग्रे अटो सञ्चालकलाई नियम अनुसार मात्र सञ्चालन गर्न पटक–पटक समय सीमा दिइएको भए पनि बेवास्था गरेकाले कारवाहीलाई थप कडाइ गरिएको ट्राफिक प्रहरीकार्यालय सिन्धुलीले जनाएको छ ।
यसैबीच आज जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आज नियम विपरीत चलेका २५ भन्दा बढी सवारीलाई कारवाही गरेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकमा समेच चेकजाँच बढाएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार