नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु भित्र्याउने अर्यालको योजना
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १३:३१:३५
१९ वैशाख, काठमाडौं । नेपालकै पुरानो मध्येमा गनिने नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचनामा व्यापक फेरबदल भएको छ । मध्यपश्चिमको मेडिकल हब मानिने नेपालगञ्जमा बिगत लामो समयदेखि संचालनमा रहेको नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर स्वामित्व खरिद गर्दै चर्चित मेडिकल व्यवसायी एवं चार्टर्ड एकाउन्टेन्ट खुमाप्रसाद अर्याल कलेजको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। कलेजको मेजर संस्थागत शेयर खरिद गरेका अर्याल हिजो मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन्।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। अध्यक्ष अर्यालसहित कलेजको अन्य सञ्चालकहरुमा व्यवसायीहरु दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा. सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल सञ्चालक समितिमा चयन भएका छन्।
यसअघि डा.सुरेशकुमार कनौडिया कलेजको संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेका थिए । बहुमत शेयरसहित अध्यक्ष रहेका कनौडियाले करिब ४१ प्रतिशत शेयर नयाँ समुहलाई बिक्री गरेपछि कलेजको शेयर संरचना र सञ्चालक समिति परिर्वतन भएको हो । नवनियुक्त अध्यक्ष अर्यालको सो कलेजमा यसअघि १० प्रतिशत शेयर स्वामित्व थियो ।
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगञ्ज मेडिकल कलेजमा विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने बताए । कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा लगी थप उचाइमा पुर्याउने उनले बताए। अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिइएको छ।
नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल र महेन्द्रनगरमा जग्गा रहेको छ। कलेजले बाँकेको चिसापानीमा एमबीबीएस पढाउने गर्छ । कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । कलेजको नाममा करिब डेढ अर्ब जति ऋण रहेको छ । यसको सबै गर्दा ३ अर्बभन्दा बढीको सम्पत्ति रहेको छ ।
नेपालगञ्ज मेडिकल कलेज २०७८ सालको भदौमा अर्का मेडिकल व्यवसायी सुनिल शर्माले किन्ने निर्णय गरेका थिए । विराटनगर नोबेल र काठमाडौंमा केएमसी मेडिकल कलेज चलाउने शर्माले करिब एक अर्बमा ४४ प्रतिशत शेयर स्वामित्व लिने सम्झौता गरेका थिए । शेयर किनबेचको सम्झौता भएर पनि केही रकम बैना बुझाए पनि शर्माले सो शेयर किन्न पाएनन् । नेपालगन्ज मेडिकल कलेजमा वीरेन्द्र कनौडिया र डा. सुरेश कनौडियाको प्रमुख शेयर लगानी रहेको छ ।
गतवर्ष नै मेडिकल कलेजमा कर्मचारीको समस्या भएको हुँदा कनौडिया मेडिकल कलेजमा भएको शेयर बिक्री गरेर बाहिरिने मुडमा पुगेका थिए । कोभिडको समयदेखि नै अस्पतालको आम्दानी घटेपछि कनौडिया परिवारले शेयर बिक्री गर्न खोजेको थियो ।
मेडिकल कलेजमा पछिल्लो वर्षहरुमा पुराना लगानीकर्ता बाहिरिने र नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम बढेको छ । अहिले नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व ५१ प्रतिशत लिएपछि अर्याल मेडिकल कलेजमा सबैभन्दा ठूलो व्यवसायी बन्न पुगेका छन् ।
अर्याल पाेखरामा अवस्थित गण्डकी मेडिकल कलेजका अध्यक्ष हुन् भने भैरहवाकाे युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक पनि हुन्। अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाएका छन्। उक्त अस्पताललाई मेडिकल कलेजको रुपमा अगाडि बढाउने उनको लक्ष्य छ।
व्यवसायिक कृषि पेशामा समेत हात हालेका अर्यालको स्याङजामा खिलुङ कालिका एग्रो फार्म तथा जनकपुरमा समेत अण्डा उत्पादन गर्ने जनकपुर एग्रो फार्म सञ्चालित छन् । हेटौडामा पनि उनले लेर्यस फार्म खोलने क्रममा छन् । के के एग्रो ग्रुपको मातहत KK EGGS ब्राण्डका कुखुरामा अण्डा उत्पादन गरी बजारमा बिक्री वितरण भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार