तराईमा छायो रक्षाबन्धनको रौनक
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १९:७:११
२८ साउन, राजविराज । तराईका जिल्लाहरुमा भाइबहिनीको आत्मीय एवं प्रेमको पर्व रक्षाबन्धनको रौनकता छाएको छ । यतिखेर रक्षाबन्धनका गीतहरु सर्वत्र बज्ने गरेको छ । रक्षाबन्धन नजिकदै जाँदा बजार र चोकहरुमा गीतहरु पनि घन्की रहेका छन् ।
साउन ३० गते बुधबार रक्षाबन्धनका पर्व हो । तर, गीतहरु दुईसाता अघिदेखि नै बज्न थालेको हाे । तराईका जिल्लाको शहर बजारका पानपसल, स्थानीय एफएम, होटल तथा अन्य पसल चोकचौरहा एवं मोबाइलमा रक्षाबन्धनको गीतले अधिक समय लिएका छन । मैथिली भाषाका…..
सावन है सखी, आइल पूर्णिमा,
भैया के आबै है, याद है,
भैया नइ ऐल, निष्ठूरी भेलह,
हमर कोन अपराध भेल….
जस्ता प्रेरणादायक गीतहरु सुन्न पाइन्छ भने हिन्दीमा मेरी बहना के राखी की लाज तेरा भैया निभाएगा, तुझे दिल से कभि नहि भुगेला… लगायतका गीतहरु बजाइने गरेको छ । यसले भाइबहिनीबीचको प्रेम सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत गरेको छ । त्यस्तै विभिन्न रेडियो, मोबाइल, पसलमा, भोजपुरी, नेपाली भाषाका रक्षाबन्धन सम्बन्धी गीतहरु बजाइने गरेको पाइन्छ । मिठो स्वर, भावुक एवं भाइबहिनीबीचको प्रेमको पे्रणादायिक यस गीतले पर्वप्रति ऊर्जा थप्ने काम गरेको स्थानीय बौआलाल यादवको धारणा छ ।
विभिन्न विद्युतीय सञ्चार माध्यममा रक्षाबन्धनका गीतहरु गुनगुनाउने गरेकोले पर्वप्रति उत्तेजित गर्नुकोसाथै रक्षाबन्धनको दिन गिन्दै मनमा नानाथरीका योजनाहरु बनाउने गरेको उनको भनाइ छ । रक्षाबन्धनका लागि बहिनीहरुले सुन, चाँदी, तथा अनेकौ किसिमका रेडिमेड आकर्षक रक्षासुत्रको रुपमा दाजुभाईलाई राखी बाध्ने योजना बनाउनुकोसाथै दाजुभाई टाढा बस्ने अथवा दाजुभाईसम्म पुग्न नसकिने अवस्थामा विभिन्न माध्यमद्वारा राखी पठाउने गरेको राजविराज ४ की रीना कुमारीले बताइन । त्यस्तै रक्षासुत्र बाधिएपछि दाजुभाईले आफ्नो क्षमता अनुसार उपहार, रकम, गरगहना, लत्ताकपडा दिने योजना बनाएर बस्ने गरेको छ ।
दाजुभाई तथा दिदीबहिनी नहुनेले पुरोहितबाट रक्षासुत्र धारण गरिने चलन रहेको छ । खासगरी तराईमामात्र रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदीबहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्ने अटल विश्वास छ । विवाहितालाई दाजुभाईको साथै आमावुवासँग भेटघाटको अवसर पनि यस पर्वले जुटाउने गरिन्छ ।
रक्षाबन्धनले विवाहपछि दिदीबहिनी ससुराका घरमा बस्ने गरेकोले भेटघाट पनि पातलिएको हुँदा यस पर्वले भेटघाट जुडाउने अवसरको रुपमा पनि लिने गरिन्छ । दाजुभाई तथा दिदीबहिनी एकसाथ जम्काभेट भएपछि अतितका कुरा सम्झने, नयाँ कुराको सुरुवातीको साटासाटकासाथ मनोरञ्जन गरिन्छ । आ–आफ्नो काममा जतिसुकै व्यस्तताले यस दिनको भेटघाट अति नै महत्व राखिन्छ ।
विभिन्न समाजको देखासिकी, सिरियल, सिनेमाले पुरोहितको रक्षासुत्रभन्दा दिदीबहिनेले बाध्ने रक्षासुत्रले बढावा पाउँदै आएको छ । दाजुभाईलाई रक्षासुत्र बाधेर भाई तथा बहिनीको संरक्षण एवं आपत विपदमा रक्षा गर्ने बुझाइ छ । रक्षासूत्रले महान शक्तिशाली तथा दानवेन्द्र राजा बलिलाई बाधिएको थियो । त्यही मान्यताको आधारमा रक्षाबन्धन बाधेर रक्षा गर्छ भन्ने जनविश्वास रहि आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार