बेनीमा लाखे नाच : साढे दुई सय वर्षदेखि एउटै मुखौटो
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १५:५७:९
३० साउन, गलेश्वर । करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएको मानिन्छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो ।
यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।
परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच शुरु हुन्छ ।
पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीको प्रशिद्ध नाच हो ।
समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा पनि निकै उतारचढाव र परिवर्तन आए । कैयौँ पुस्ता बिते । अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो ‘मुकुण्डो’ मा भने कुनै परिवर्तन आएन । करीब दुई सय वर्ष अर्थात् नौ पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ ।
लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन् ।
अहिले पनि दुई सय वर्ष पहिलाको उही मुखौटो लगाएर नाच देखाउने गरिन्छ । पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले समेत प्रयोग गर्दै आएको नेवार समुदायका अगुवा युवा रमेश श्रेष्ठले बताए ।
बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको श्रेष्ठले जानकारी दिए ।
पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए। बर्खे नाचको शुरुआत लाखेको पतिअर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।
हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ ।
नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।
बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अर्थमन्त्री भन्छन, लक्ष्यअनुसार राजश्व उठाउन मुस्किल
माघ १३, २०८१ आइतबार
वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र
माघ १३, २०८१ आइतबार
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
टिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
डुडुल चैत्य स्तूपा आन्तरिक पर्यटनको रोजाइमा
माघ १३, २०८१ आइतबार