काबुलमा विवाह हलमा बिस्फोट, २० जना घाइते
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १३:५०:५६
१ भाद्र, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक विवाह हलमा बिस्फोट भएको छ । घटनामा धेरैको ज्यान गएको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
घटनामा कम्तिमा २० जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
वैवाहिक समारोह भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा आफूले शवहरु देखेको बताएका छन् ।
शिया मुसलमान बाहुल्य क्षेत्रको विवाह हलमा बिस्फोट भएको हो । घटना स्थानीय समय अनुसार शनिबार राति १० बजेर ४० मिनेट जाँदा ९नेपाली समय अनुसार राति ११ बजेर ५५ मिनेट जाँदा० भएको जनाइएको छ ।
काबुलको पश्चिमी क्षेत्रमा भएको सो आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । सुन्नी मुस्लिम लडाकु समूह, तालिबान तथा इस्लामिक स्टेटसहितले पछिल्लो समय अफगानिस्तान तथा पाकिस्तानमा रहेका शिया हाजारा अल्पसंख्यकमाथि निशाना बनाउने गरेका छन् ।
१० दिनअघि काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो भने झण्डै १५० जना घाइते भएका थिए । सो आक्रमण आफूले गरेको तालिबानले बताएको थियो ।
शुक्रबार तालिबान नेताक हिबातुल्लाह हखुन्द्जादका भाइको हत्या भएको थियो पाकिस्तानको क्वेटा शहरमा । सो आक्रमणको पनि कसैले जिम्मा लिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार