छिन्नमस्ताको आय–व्यय सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १४:३९:४१
१ भाद्र, सप्तरी । मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय–व्यय शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४/७५ मा रु एक करोड ३९ लाख ४९ हजार ९२० को आय–व्यय सार्वजनिक गरेको छ भने आर्थिक वर्ष २०७५/७६ को रु एक करोड ३६ लाख ४३ हजार ८९० को आय–व्यय सार्वजनिक गरेको छ ।
समितिका सचिव भोगेन्द्र झाले प्रस्तुत गरेकाे आय–व्यय प्रतिवेदनमा तत्कालीन पदाधिकारीहरुको जिम्मामा रहेको रकम असुल हुन नसकेको उल्लेख छ । लेखा प्रतिवेदनले समेत रु एक लाख १० हजार ३६० फछ्र्योट नभएको र फछ्र्योटतर्फ समितिले ध्यान पनि नदिएको भन्दै अविलम्ब बेरुजु फछ्र्योट गर्नुपर्ने उल्लेख गरेको छ ।
तत्कालीन कोषाध्यक्ष विजय यादवबाट रु ७५ हजार, उपाध्यक्ष शङ्कर मण्डलबाट रु २१ हजार, सचिव बाबुनारायण मण्डलबाट रु छ हजार ७४५ र कर्मचारी सन्तोष शर्माबाट रु चार लाख ९५ हजार ३४९ दाखिला हुनुपर्ने प्रतिवेदनमा जनाइएको छ । पेश्की रकम रु तीन लाख ३९ हजार २१८ फछ्र्योटतर्फ कार्यवाही गर्न लेखा प्रतिवेदनले समितिलाई सचेत गराएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पर्यटन बोर्डबाट रु ३० लाख, बली प्रदानवापत रु १९ लाख ७५ हजार ६८०, सपिङ कम्पलेक्सबाट रु १४ लाख ६३ हजार ५०, मोटरसाइकल पूजाबाट रु पाँच लाख ८८ हजार ६२६, दानपेटीबाट रु चार लाख ११ हजार ५२ प्राप्त भएको छ ।
समितिले विभिन्न व्यक्तिहरुले चढाएको सुन, चाँदी र पितल सुरक्षित साथ राखिएको समितिका कार्यवाहक अध्यक्ष तथा पिठाधीश महाकान्त ठाकुरले बताए ।
कार्यक्रममा सहभागी स्थानीय तेजनारायण यादव, शिवशङ्कर ठाकुर, प्रभुनारायण यादव, रामचन्द्र चौधरीलगायत सञ्चारकर्मीले मन्दिरको सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत बनाएको, टिकेअध्यक्ष र समिति बनाएर भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै चर्को विरोध गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार