बलात्कारको मुद्दा मिलाउन राजविराज नगरप्रमुख नै सक्रिय, ७ लाख दिने वडा अध्यक्षको प्रयास विफल
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार १६:३५:१३
धीरेन्द्रप्रसाद साह
२ भदौ, राजविराज । बलात्कारका घटनामा प्रहरीले मुद्दा दर्ता गर्न नमान्दा पीडित झन पीडित भई अदालतमार्फत मुद्दा दर्ता गर्नु परेको छ ।
राजविराज नगरपालिका ११ फर्सेठ निवासी २५ वर्षीय राहत शिक्षक तेजनारायण यादवले छिमेकमा आएकी राजगढ गाउँपालिका १ का १८ वर्षीय युवतीलाई जेठ २१ गते बलात्कार गरेको आरोपमा लागेको छ । पीडितले जेठ २२ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेपनि पीडकलाई पक्राउ गरी २३ गते साँझ रिहा गरेको थियो ।
स्थानीय जनप्रतिनिधिको दवावका कारण जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता नगरेपछि पीडितले जेठ २४ गते जिल्ला हुलाक कार्यालयमार्फत उजुरी पठाएका थिए । त्यसरी पठाएको उजुरी दर्ता नहुँदा सरकारी वकिल कार्यालयमार्फत मौखिक र लिखित निर्देशन गराइएको पीडितका आफन्तले बताउँदै त्यसपछि पनि दर्ता नगर्दा प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा लिखित निवेदन दिएको जानकारी दिए । यसरी धाउदा समेत राजनीतिक प्रभावमा परेका एसपी मनोजकुमार यादवले उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलाशबाट परमादेश गराएको बताउँदै पीडितले अदालतले परमादेश गराएको पनि एक महिना बितेपछि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको बताए ।
पीडितले जेठ २२ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेपछि उच्च अदालत जनकपुर, राजविराज इजलाशले असार १२ गते परमादेश जारी गरेको थियो । अदालतको परमादेशको एक महिनापछि साउन १३ गते जिल्ला प्रहरी कार्यालयले जबरजस्तीकरणीको उजुरी दर्ता गरी सोही दिन पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।
स्वास्थ्य परीक्षण गर्दा घटनाको ५६ दिन बितिसकेको छ । दुई दिन प्रहरी हिरासतमा रहेर जेठ २३ गते साँझ जमानतमा छुटेका यादवले जेठ २३ गते पनि विद्यालयमा हाजिर गरेको विद्यालयको रजिष्टर्डमा देखिएको छ । दुई महिनापछि १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका ११ फर्सेठ निवासी २५ वर्षीय राहत शिक्षक तेजनारायण यादवलाई प्रहरीले गत २९ गते पक्राउ गरेको हो । पक्राउ परेका यादव रुपनी गाउँपालिका २ पौवास्थित जेसीज आधारभूत विद्यालयका राहत शिक्षकमा कार्यरत छन ।
पीडित युवतीलाई जेठ २१ गते बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई पीडित बालिकाका आफन्तले नियन्त्रणमा लिएर जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएकोमा गाउँघरमा छलफल गरी आपसमा विवाह गराउने भन्दै जेठ २३ गते प्रहरीले वडा अध्यक्ष संजय यादवको रोहवरमा उनका दाजु गजेन्द्र यादवको जमानतमा छाडेको थियो । विवाह गराई आपसमा सहमति गराउने कार्यमा राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादव समेत संलग्न रहेको प्रहरीले नै बताएको छ । आरोपित नगरप्रमुखको छिमेकी नै भएकोले बलात्कारको घटना मिलाउन प्रयास गरेको थियो । तर, असफल भएपछि घटना बाहिरिएको हो ।
जेठ २३ गते वडा अध्यक्षसहित अगुवाहरुले बलात्कारपछि पीडितलाई रु सात लाख नगद दिई दुबैको विवाह गराउने सहमति गराएको पीडितका आफन्त देवकुमार यादवले बताए, विवाहका लागि भोलिपल्ट पैसा दिन जाँदा लिन नमानेपछि आफुहरु कानूनी उपचारतिर लागेको बताए ।
नगर प्रमुख र वडा अध्यक्षको दबावमा प्रहरीले मुद्दा दर्ता नगर्नुको साथै बलात्कार घटनाको सबुद प्रमाण नष्ट गराउन लागि परेको कारण मुद्दा दर्ता गराउन लामो सघर्ष गर्नु परेको पीडित पक्षले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार