५० पदका लागि निर्वाचन हुँदै, साझा उम्मेदवार खै ?
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १५:४९:१६
४ भदौ, काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीका अनुसार देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताए । उनले भने, “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।”
साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले राष्ट्रलाई अग्रगमनतर्फ लैजान सक्ने, आफ्नो क्षेत्रको आवश्यकतालाई बुझ्न सक्ने दूरदर्शी र नैतिकवान उम्मेदवार हुनुपर्ने बताए । नेपालको सिङ्गो पहिचान भाषा, धर्म, संस्कृति र कला साहित्यसँग जोडिने हुनाले यस विषयमा पनि उम्मेदवार राम्रो दख्खल भएको हुनु जरुरी हुने उनको भनाइ छ ।
पर्यटन व्यवसायी नरेश भट्टराईले देशको माटोलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्ने दूरदर्शी स्वाभिमानी उम्मेदवार उठ्नुपर्ने विचार राखे । “नेता भनेपछि श्रद्धाले शिर झुकोस् र जनजनले नाम पुकारोस्, रवीन्द्रको अभाव हामीले महसुस गरेका छौँ, त्यो अभाव मेटाउन सक्ने र राष्ट्रिय छवि बनाएको नेता उम्मेदवार बन्नुपर्छ”, उनले भने । पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारीले सम्भव भएसम्म महिला उम्मेदवार हुनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् व्यक्ति उम्मेदवार बन्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार