होस्टल एसोसिएशनको नेतृत्वका लागि गिरी समूहको उम्मेदवारी घोषणा
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार १६:३३:५४
५ भदौ,काठमाडौं । होस्टल व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल होस्टल एसोसिएशनको केन्द्रीय कार्यसमितिका लागि गोविन्द गिरी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । काठमाडौमा पत्रकार सम्मेलनमार्फत् उनीहरुले १२ सदस्यीय समूहसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
वर्तमान महासचिव समेत रहेका गिरीले हरेक होस्टल व्यवसायीको दुःख र अफ्ट्यारोमा साथ दिएकाले आफ्नो समूहलाई व्यवसायीहरुले जिताउने दावी गरेका छन् । गिरी समूहले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा व्यवसायीका हरेक समस्याको समाधानका लागि सँगसगै रहने, एसोसिएसनको संस्थागत विकास गर्ने र होस्टल व्यवसायको मर्यादा बढाउनेलगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाइएको छ ।
यही भाद्र ७ गते काठमाडौंमा हुन गईरहेको सातौं बार्षिक साधारणसभा तथा अधिवेशनका लागि झण्डै सात सय प्रतिनिनिधि छनौट भएका छन् । काठमाडौसहित ललितपुर, काभ्रे, चितवन, मोरङ गरी पाँच जिल्लाबाट प्रतिनिधिहरु छनौट भएका हुन् । एसोसिएसनको अहिले पाँच जिल्लामा मात्रै शाखा रहेको अध्यक्षका उम्मेदवार तथा वर्तमान महासचिव गिरीले जानकारी दिए ।
एसोसिएसनको बरिष्ठ उपाध्यक्षका लािग केदार कुमार थापा, महिला उपाध्यक्षका लागि ज्ञानु जोशी, महासचिवका लागि सुनिता बाटाजु, सचिवका लागि भीम भण्डारी र कोषाध्यक्षका लागि विभव पौडेलले गिरीको तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सदस्यमा पारस विष्ट, द्रौपती वली, यशोदा थापा, बालकृष्ण गौतम, मिनादेवी अर्याल र हरि प्रसाद भेटवालले उम्मेदवारी दिन लागेका छन् ।
सचिवका उम्मेदवार भण्डारीले अहिलेको कार्यकालमा खेलेको अविभावकीय भूमिकाका कारण आफुहरुको समूहले जित्ने दावी गरे । निर्वाचनका लागि आज विहान ११ बजेदेखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारहरुको अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ ।
देशभरीको स्पष्ट तथ्यांक नभएपनि देशभरी झण्डै एक हजार होस्टलहरु रहेको र त्यसका लागि झण्डै एक अर्ब लगानी रहेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार