केवल नेट र विद्युत प्राधिकरणको तारका कारण नगरवासीहरु जोखिममा
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार २३:३९:२६
८ भदौ, रौतहट । चन्द्रपुर नगरपालिका भित्र विभिन्न सेवा प्रदायक संस्थाले विद्युतको पोल प्रयोग गरी टाँगेका अव्यवस्थित तारले नगरपालिकालाई जोखिमयुक्त बनाएको छ । नेपाल विद्युत प्राधिकरण शाखा चन्द्रनिगाहपुरले विद्युत सेवा विस्तार गर्न गाडेका पोलहरु प्रयोग गरी विभिन्न सेवाप्रदाय संस्था/कम्पनीले स्थानीयलाई सञ्चार एवं मनोरञ्जन सेवा प्रदान गर्न भनी टाँगेका तारले स्थानीयहरुमा जोखिम बढाएको छ ।
चन्द्रपुर नगरपालिका–६ स्थित झनझनटोलको चोकमा रहेको विजुलीको पोलमा झण्डै आधा दर्जन भन्दा बढी सेवाप्रदायक संस्थाले इन्टरनेट एवं नेटवर्क, टिभी केवलका तार टाँगेका छन् । पोलमै राखेका ‘इन्टरनेट सप्लाई बक्स’ र जताततै झुण्डिएका तारले विद्युत सट भई आगजनी हुने जोखिम उच्च रहेको छ ।अव्यवस्थित ढंगले टाँगेका तारको कारण केही दिन अघि केवल टिभीको तारमा विद्युत सट भई स्थानीय इन्द्रबहादुर तामाङ्को घरमा रहेको टिभी जलेको थियो ।
सोही पोलको तार भुईंमै लत्रिएकोले रातीको समयमा पैदल, मोटरसाइकल तथा साइकल यात्री दुर्घटना पर्न सक्ने सम्भावना अधिक रहेको स्थानीय मनोज पुरीले बताए । सम्बन्धित सेवाप्रदायक संस्था ‘सुविसु’ लाई पोलमा लत्रिएको तार र त्यसबाट हुन सक्ने दुर्घटनाको बारेमा पटक÷पटक जानकारी गराउँदा समेत वास्ता नगरेको उनको गुनासो छ । यस्तै समस्या नगरका सबै वडामा रहेको सम्बन्धित वडावासी बताउँछन् । टाँगिएको अव्यवस्थित तारका कारण नगर कुरुप समेत देखिएको समाजसेवी अनन्त कोइराला बताउँछन् ।
सेवाप्रदायक संस्थाले प्राधिकरणसँग सम्झौता गरेर मात्रै पोल प्रयोग गर्नु पर्नेमा अधिकांशले बिना सम्झौता तार टाँगेर व्यवसाय सञ्चालन गरेका छन् । यस सम्बन्धमा प्राधिकरण मौन छ । विद्युत प्राधिकरण शाखा चन्द्रनिगाहपुरका प्रशासन प्रमुख रमेश हुमागाइँका अनुसार टेक माइण्ड, सुविसु, मेरो टिभी, इन्टर वेभ, ब्रोडलिङ्कलगायत आधा दर्जन भन्दा बढी सेवाग्राहीले विद्युतका पोल प्रयोग गरेका छन् । जसमध्ये टेक माइण्ड र मेरो टिभी संस्थाले मात्र सम्झौता गरेका छन् ।
यसरी सेवाप्रदायक संस्थाले एकातिर राजश्व नै प्रभावित पारेर सेवामूलक व्यवसाय सञ्चालन गरेका छन् भने अर्कोतिर अव्यवस्थित तवरले तारहरु टाँगेर नगर कुरुप बनाउनुकोसाथै जोखिम समेत बढाएको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्क कुशुवारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
असोज ११, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
असोज ११, २०८१ शुक्रबार
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार