म्याद गुज्रिएका सामान त्यसमा पनि मनलाग्दी मुल्य
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १५:३५:३०
१० भदौ, लमही । यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा पसलेहरुले मुल्यसूची बेगर बजारमा सामान बेचिरहेको भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा एउटै सामानको मुल्य फरकफरक भेटिएको अनुगमन समितिले जनाएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा मदिरा बिक्री वितरण गरिएको र धेरैजसो पसलमा म्याद गुज्रिएका सामान फेला परेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । यस्ता व्यवसायीलाई तीन दिनभित्र मूल्यसूची राख्न र कर तिर्न निर्देशन दिइएको संयोजक शर्माले जानकारी दिए ।
अर्को पटक यस्तो भेटिए कारवाही हुनेसमेत उनले बताए । शर्माको नेतृत्वमा इलाका प्रशासन कार्यालयका अधिकृत श्रीधर टण्डन, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज भण्डारी, उपभोक्ता अधिकार मञ्चका संयोजक केशवकुमार शर्मा, वडाध्यक्ष टोपबहादुर केसी, नवराज लामिछाने, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारको सहभागिता थियो । अनुगमनलाई निरन्तता दिइने समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार