मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १५:४२:२९
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौं जिल्लाको आयोजनामा आज बिहान स्व. सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताए । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने, “विसं २०७२ मा जारी भएको संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो महिलाको आन्दोलनका कारण भएको हो ।” कांग्रेस काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभाग खड्गी, प्रदेश सभा सदस्य जीवन डङ्गोल, नेपाल महिला सङ्घ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो । महिलाको हकअधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते स्व मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार