पृथ्वीको फोक्सोमा डढेलो !
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १८:१६:२५
१० भदौ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन् ।
पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै भनेका छन्, “कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।”
गत साता फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।
यसवर्ष मात्र ब्राजिलमा ७४ हजार पटक आगलागीका घटना भइसकेका छन् जसमा आधाभन्दा बढी अमेजन जंगलमा भएका छन् । सन् २०१८ को यही अवधिको तुलनामा यो करिब ८४ प्रतिशतले बढी हो । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार