सर्वोच्चको फैसलाले खोल्यो केसीलाई सगरमाथा चढ्ने बाटो
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १९:५७:१३
१० भदौ, काठमाडौं । न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने सपनादेखि रहेका छन् ।
दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त केसीले पुनः सगरमाथा चढ्ने लक्ष्य लिएका छन् । दुई वर्ष अघि सगरमाथा चढ्न गएका केसी साउथ पोलमा पुगेर अक्सिजन सकिएपछि फर्किएका थिए ।
आठ हजार मिटरको साउथ पोलमा मौसम खराबीले २४ घण्टासम्म बस्नुपरे पछि उनको अक्सिजन सकिएको थियो । तत्काल अक्सिजन थप्न दुई हजार डलर लाग्ने भएपछि पैसा र तत्कालै अक्सिजन नपाएर उनी फर्किनुपरेको थियो । केसीले आगामी वैशाखमा सगरमाथा चढ्ने तयारी थालेका छन् । पहिलो पटक दुई वर्षअघि चढ्न जाँदा प्राविधिक कारणले चुचुरोमा पुग्न नसकेर फर्किनुपरे पनि यस पटक चुचुरो पुग्ने सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
विश्वमा नेपालको नाम उच्च राख्न र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्न आफूले सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य लिएको उनले बताए। यसअघि न्यून दृष्टियुक्त व्यक्ति अमेरिकी नागरिक ‘एरिक एहिङ मेयर’ले सगरमाथाको आठ हजार ८०० मिटर उचाइमा पुगेर फर्केको रेकर्ड छ ।
अघिल्लो वर्ष सरकारले कानून संशोधन गरेर सगरमाथा चढ्न रोक लगाएपछि उनी निरास भए र सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरे । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउने फैसला गरेको थियो । पर्वतारोहण नियमावलीको नियम ३ संशोधन नगर्न रिट परेपछि संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्ति पनि सगरमाथा चढ्न पाउने फैसला गरेको हो ।
समानताको हकविपरीत सरकारले नियम संशोधन गरेको भन्दै केसीले रिट दायर गरेका थिए । सबै प्रकारका प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि आठ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि जान सक्ने केसीले बताए ।
“पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ”, केसीले भने, “६० हजार अमेरिकी डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।” त्यसका लागि उनी अहिले आर्थिक सङ्कलन अभियानमा जुटेका छन् । घरपरिवारबाटै बोझ सम्झने अपाङ्गता भएका व्यक्तिलाई सबैको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ भनेर उनले साहसिक कदम उठाएको बताए । उनले भने, “मैले चाहेको कुरा म पुरा गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढेको छ । ” तारानाथ आचार्यको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार