संविधान संशोधनको मुद्दामा हामी गृहकार्य गरिरहेका छौँ : उपप्रधानमन्त्री यादव
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार २३:३५:२९
१० भदौ, काठमाडौं । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मुद्दा लिएर समाजवादी पार्टी सरकारका सामिल भएकाले यसप्रति पार्टीले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिएका छन् । अहिले मुलुकमा विभिन्न स्तरबाट सङ्घीयता र गणतन्त्रमाथि ग्रहण लगाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले सङ्घीयतालाई सबल, सदृढ र संस्थागत विकासका लागि सबैको प्रयास आवश्यक रहेको बताए ।
वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उनले भने, “प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्ष सहयोग, समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्दछ ।” देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री यादवले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ५७ करोड रकम विनियोजन गरेको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक बिरामीबाट नमरुन भनेर सङ्घीय सरकारले प्रत्येक गाउँमा एक अस्पताल, प्रत्येक वडामा एक स्वास्थ्यचौकी, शहरमा सुविधा सम्पन्न अस्पताल तथा महानगरस्तरीय अस्पताल बनाउने सोचका साथ अगाडि बढीरहेको धारणा व्यक्त गरे ।
शहरी विकासमन्त्री महम्द इस्तिहाक राइनले वीरगञ्जको समग्र विकासका लागि सङ्घीय सरकार पर्याप्त मात्रामा बजेट विनियोजन गरिएकाले यसको इमान्दारीपूर्वक सदुपयोग गर्नुपर्नेमा जोड दिदैं पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाँच वटा ठूला तथा सुविधासम्पन्न अस्पताल बनाउने सोचका साथ सङ्घीय सरकार अगाडि बढेको उल्लेख गरे ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानवीय विकास सूचकाङ्कमा प्रदेश नं २ कर्णाली प्रदेशभन्दा पनि पछाडि रहेको बताउँदै प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरे । मुलुकमा रहेको तीन वटै तहका सरकारबीचको समन्वय र सहकार्यले नै वीरगञ्जको विकास हुने बताउँदै उनले आगामी तीन वर्षभित्र प्रदेश नं. २ सरकारले तीन हजार युवालाई रोजगार दिएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री राउतले जबसम्म विकासको रकम सहीरुपमा खर्च हुँदैनन्, तबसम्म देशमा सुशासन कायम हुन नसक्ने पनि उनले बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद प्रदीप यादव र हरिनारायण यादवले वीरगञ्जको वृहत्तर विकासका लागि दृघकालीन गुरुयोजना बनाएर सोही अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पाँच बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको सो बस टर्मिनल नगर विकास समितिको ९० प्रतिशत ऋण सहयोगमा रु १५ करोड ७० लाख ८६ हजार ४४१ को लागतमा निर्माण भएको छ । सो बस टर्मिनलमा तल्लो तल्लामा लविङ रुम प्रतिक्षालय, टिकट काउन्टर, उपचार केन्द्र, फोटोकपी, खानेपानी, लगेज रुम, ब्युटिपार्लर रुम, रेष्टुराँ तथा कार्यालयसहित आधुनिक बसपार्क रहेको छ ।
सो बस टर्मिनलभित्र ५५ वटा सटर रहेको छ । सो बस टर्मिनलभित्र १२४ वटा बस, १७ वटा टाटा सुमो, ५० वटा मोटरसाइकल, २१ वटा टागां र ४० वटा रिक्सा पार्किङ गर्ने व्यवस्था रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
उपप्रधानमन्त्री पौडेसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
कात्तिक ९, २०८१ शुक्रबार
रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
विद्युतको पैसा नतिर्ने उद्योगको प्राधिकरणले फेरी काट्यो लाइन
कात्तिक ९, २०८१ शुक्रबार
भारतमा चक्रवाती आँधी 'दाना': ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
कात्तिक ९, २०८१ शुक्रबार
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग
कात्तिक ९, २०८१ शुक्रबार
उपप्रधानमन्त्री पौडेसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
कात्तिक ९, २०८१ शुक्रबार
रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कात्तिक ९, २०८१ शुक्रबार