सेन्ट लुसियासहित १६७ मुलुकबीच नेपालको कूटनीतिक सम्बन्ध
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १५:५६:३२
११ भदौ, काठमाडौं । नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गरे।
त्यस अवसरमा दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनासँगै द्विपक्षीय र बहुपक्षीय मामिलामा साझेदारी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसलाई दुवै देशका राजदूतले दिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार