जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा अपराधका घटना बढ्यो
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १६:५८:०
मिना कंडेल
११ भदौ, नवलपुर । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा एक महिनामा अपराधका घटनामा बिगतको तुलनामा भन्दा बृद्धि भएको छ । प्रहरीले गत साउन महिनामा मात्रै अपराधका घटनाबाट र अन्य गरि २० लाख बढि राजस्व असुल गरेको छ भने एक सय २३ ठुला र पाँच हजार बढि साना कारबाहीमा परेका छन् ।
प्रहरीले विभिन्न स्थानबाट दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनसुार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने सात जनालाई पक्राउ गरी ७ हजार जरिवाना गराईएको छ भने नियम विपरित नदिजन्य पदार्थ उत्खननमा प्रयोग भएका एक टिप्पर र २२ वटा ट्याक्टरलाई चालक सहित पक्राउ गरी रु. तिन लाख पचपन्न हजार जरिवाना गराईएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
यसै गरि गैंडाकोट नगरपालिका ५ मा जुवातास खेल्ने १० जनालाई पक्राउ गरि रु.८० हजार ९३५ नगद बरामद गरिएको छ भने कावासोती नगरपालिकामा नौ जना जुवाडेबाट रु ८१ हजार ७६५ नगद बरामद गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरीले एक महिनाको अबधिमा गैडाकोट, विनयी त्रिवेणी, कावासोती, देवचुली लगायतका स्थानहरुमा दुई हजार पाँच सय अवैध गांजा फडानी गरि गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ यो अबधिमा ४० जना महिला, दुई बालक,१५ बालिका, दुई जना जेष्ठ नागरिक ५९ जना हराएकोमा १५ महिला एक बालक, १० बालिका गरी २६ जना फेला परेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ११ जनालाई पक्राउ दुई वर्ष एक महिना १५ दिन कैद र त्यसबाट दुई लाख २७ हजार ९४६ जरिवाना असुल गरिएको पोखरेलले जानकारी दिए । साथै प्रहरीले लागू औषध ओसार पसारमा ३८ जना पक्राउ गरि तीनीहरुबाट एम्पुल ८२८७ (झोल), टयाबलेट १०६१, स्पाष्मो ३२ वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै चोरी घटनामा पाँच जना पक्राउ र बहु विवाहको आरोपमा दुई पुरुष र दुई महिला सहित चार पक्राउ परेका छन् भने जवरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन् । यसै गरि बालयौन दुरुपयोगमा दुई जना पक्राउ परेका छन् । ट्राफिक नियम उलंघन गर्ने ४ हजार ४ सय १७ वटा सवारी साधनलाई कारवाही गरी रु. २६ लाख ६७ हजार राजश्व असुल भएको प्रहरीले जनाएको छ । यसै गरि अवैध भन्सार चोरी निकासी पक्राउबाट एक लाख ८७ हजार ७ सय १० राजश्व संकलन भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार