पूर्वी नवलपरासीमा २० करोडको माछा उत्पादन
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १९:३०:४२
मिना कंडेल
११ भदौ, नवलपुर । पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रुपमा विकशित हुँदै गइरहेकोे छ । माछापालनमा पूर्वी नवलपरासी निकै अगाडि बढेकोे छ । योे बर्ष मात्रै पूर्वी नवलपरासीमा माछापालनबाट किसानले बीस करोडको बिक्री गरेका माछापालक कृषक समुहका केन्द्रीय सदस्य ईन्द्रमणि भुषालले बताए ।
जिल्लामा माछापालन व्यवसायबाट एक हजार पाँच सय किसानहरु लाभन्वित भएका छन् । पूर्वी नवलपरासीमा व्यवसायिक रुपमा माछा पालन गर्ने र यो पेशा अगाँल्ने किसानहरुका लागि यो व्यवसाय भरपर्दो बन्न सफल भएको केन्द्रीय सचिव भुषालले बताए । पूर्वी नवलपरासीको भित्री मधेशमा किसानहरुले एक हजार ठुला पोखरीमा पाँच सय बिगाहामा व्यवसायिक माछापालन गर्दै आएका केन्द्रीय सचिव भुषालले बताए ।
यहाँका किसानहरुले अहिले यो पेशालाई आम्दानीको मुख्य श्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेको कावासोती १० का माछापालक कृषक शिवराम थारु बताउछन् । जिल्लाको त्रिबेणी, कावासोति, कुमारबर्ती, अग्यौली, कोल्हुवा, रजहर, देबचुली, लगायतका क्षेत्रमा व्यवसायिक रुपमा माछा पालन गरिँदै आएको छ । यसबाट आर्थिक बर्ष २०७५÷०७६ मा मात्र दश करोड भन्दा बढिको माछा विक्री भएको नवलपुर माछा बजार व्यवस्थापन समितिका अध्यक्षको कार्यभार समेत सम्हालेका केन्द्रीय सचिव भूषालले बताए ।
कूमारवर्ती, कोल्हुवा, अग्यौलि, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, देबचुली आसपासका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन गरिँदै आएको छ । व्यवसायिक रुपमा माछापालन गर्दै आएका यहाँका किसानहरुले तत्कालिन अबस्थामा अनुदान प्राप्त गर्ने गरे पनि अहिले जिल्लामा कृषि ज्ञान केन्द नहुँदा माछापालक कृषकहरुलाई ठुलो अन्याय परेका माछापालक कृषक प्रदिपराज घिमिरेले बताए ।
तीन बर्ष अघिसम्म माछापालन गर्ने कृषकहरुले माछा विक्रीको लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम सबै पाइएको बताए । तर अहिले हरेक दृष्टिले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रुपमा रहेको पुर्बी नवलपरासीमा कृषकलाई दिने ज्ञानको कमीले किसानहरुलाई थप सास्ती भएको माछापालक कृषकहरको भनाई छ ।
बार्षिक २० करोड भन्दा बढिको माछा विक्री हुने गरेको पुर्बी नवलपरासीबाट काठमाडौं, बुटवल, नारायणगढ मुख्य बजार रहेको बताइएको छ । तीन बर्ष अघि सरकारले माछा पालन गरेका कृषकलाई दुई करोड बढि अनुदान समेत उपलब्ध गराएको थियो तर अहिले भने कृषकले अनुदान पाउन नसकेका उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार