सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १९:५६:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/urea5_RlbOzsJyfl.jpg)
राजु विश्वकर्मा / रासस
११ भदौ, लहान । सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ ।
लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो ।
एकातिर सिरहामा रसायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रसायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएकोमा गत आव २०७५/०७६ मा दुई हजार ४०० बोरा मात्र डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका निमित्त प्रमुख नारायणबहादुर खडकाले जानकारी दिए ।
यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया मल आपूर्ति भएकोमा आव २०७५/०७६ मा २३ हजार ७७ बोरा मात्र युरिया मल आपूर्ति भएको निमित्त प्रमुख खडकाले बताउए । अघिल्लो आव २०७४/०७५ भन्दा २०७५÷०७६ मा डिएपी छ हजार १४९ बोरा र युरिया तीन हजार ७०१ बोरा कम मल आपूर्ति हुँदा जिल्लामा रसायनिक मलको हाहाकार भएको निमित्त प्रमुख खडकाको भनाइ छ ।
त्यस्तै आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा डिएपी मल चाहिएकोमा कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी मल एक बोरा पनि आएन भने युरिया मल आएको जति सबै बिक्री भइसकेकाले गोदाम रित्तिएको छ ।
डिएपी र युरिया मलको माग बढ्ेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको निमित्त प्रमुख खड्काको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल पु¥याउन नसकिरहेको उल्लेख गर्दै उहाँले अझै किसान मलका लागि आउने गरिए पनि मलको अभाव भएको भन्दै फर्काउँदै आएको बताए ।
डिएपी र युरिया मलको आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले आव २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा झण्डै आधा मूल्य बराबरको रसायनिक मल मात्र बिक्री गरेको छ । आव २०७४/०७५ मा रु चार करोड १५ लाख ५१ हजार ९७६ को मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले आव २०७५/०७६ मा रु दुई करोड ३६ लाख ९५ हजार ३४६ को मात्र रसायनिक मल बिक्री गरेको निमित्त प्रमुख खडकाले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख खड्काका अनुसार आव २०७५/०७६ मा रु एक एक करोड ७० लाख ३० हजार ८२६ को युरिया, रु ५२ लाख ५१ हजार २०० को डिएपी, रु १४ लाख १३ हजार ३२० को पोटास बिक्री गरेको छ । सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९० प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ ।
अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट्र ट्रेडिङले गाउँ गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।
किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री कम्पनी लिमिटेडले समेत मल ल्याउन सकेको छैन ।
धानमा मल हाल्ने बेला हँुदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, लहानका किसान राजकिसोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उहाँले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए ।
किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् । गोलबजारका किसान बृजकिसोर मिश्रले किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताए । “धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ”, उनले भने।
जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । “हामीसँग डीएपी मल छैन”, निमित्त प्रमुख खड्काले भने, “गोदामा भएको मल किसानलाई बाँडेका छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार
कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १५, २०८१ शनिबार
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
असार १५, २०८१ शनिबार
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, २ बेपत्ता
असार १५, २०८१ शनिबार