जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाखभन्दा बढी सुरक्षित स्थानतर्फ
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार २१:१९:५६
११ भदौ, काठमाडौं । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
जापानको क्युशु प्रान्तको उत्तरी भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।
सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।
यद्यपी सरकारका प्रवक्ता योशिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयघातको कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन् ।
बाढी, पहिरो र घरहरु डुबानमा परेको बाढीको कारण विभिन्न क्षेत्रहरु क्षति विवरण प्राप्त भएको भयता पनि अझै बढी क्षतिको सम्भावना रहेको सुगा बताउछन् ।
स्थानीय अधिकारीहरु त्यहाँका बासिन्दाहरूको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन् सरकारीको चेतावनीपछि आफ्नु घरवास छोड्नेहरुको लागि सरकारी आश्रयहरु उपलब्ध रहेको पनि सुगाले बताएका छन् ।
अग्नी नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रहरुमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार