शेयर बजारमा पहिरो, सुन र चाँदीको भाउ बढ्यो
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बिहिबार ४:१:३५
११ भदौ, काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरिद बिक्री भए ।
आज कारोबार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । धितोपत्र बजारमा बैङ्किङ ९.५८, होटल १.१३, विकास बैंक ६.२२, जलविद्युत् १४.४६, वित्त १.७९, निर्जीवन बीमा ३७.२८, उत्पादन १३.०५, अन्य ७.१, लघुवित्त ९.२५ र सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले गिरावट आएको छ ।
स्टकका अनुसार आज रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भयो । सो कम्पनीको शेयर १० करोड ५४ लाख ६६ हजार २३७ रुपैयाँ ५० पैसामा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । यस्तै कुमारी बैङ्कको रु तीन करोड ५० लाख २० हजार ६७५, एनआईसी एशिया बैङ्कको रु तीन करोड २० लाख ९४ हजार ४१८, प्रभू बैङ्कको रु एक करोड ६ लाख २३ हजार ४८८ मा खरीद बिक्री भयो ।
समग्र परिसूचक घटेपनि सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८६ प्रतिशतले कमाए । त्यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन पावर पार्टनर ३.३८, युनाइटेड फाइनान्स लिमिटेड २.७५, एभरेष्ट इन्स्योरेन्स कम्पनी २.६३ र नविल प्रगति फण्डका लगानीकर्ताले १.९३ प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ४.९२ प्रतिशतले गुमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्था ३.६४, हिमालयन डिस्टलरी ३.४८, नेशनल हाइड्रोपावर कम्पनी ३.३३ र रसुवागढी हाइड्रोपावरका शेयरधनीले ३.१४ प्रतिशतले गुमाए ।
सुन स्थिर, चाँदीमा सामान्य वृद्धि
धितोपत्र बजार ओरालो लागिरहँदा स्थानीय बजारमा निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज भने स्थिर रहेको छ । छापावाला प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । स्थानीय बजारमा तेजाबी सुन प्रतितोला रु ७२ हजार ३०० मा कारोवार भइरहेको छ ।
सुनको भाउ स्थिर देखिए पनि चाँदीको मूल्य भने बढेको छ । मङ्गलबारको तुलनामा चाँदीमा प्रतितोला रु २० ले वृद्धि भएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु ८८० मा खरिदबिक्री भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
नेप्से परिसूचकमा ७८.१७ अंकको सुधार, ८ अर्ब १६ करोडका शेयर खरिदबिक्री
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार