जयवागेश्वरी पुनःनिर्माण शुरु, २०७७ साल पुस मसान्तमा निर्माण सम्पन्न हुने
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बिहिबार ४:२९:२९
पूर्णप्रसाद मिश्र
११ भदौ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माण शुरु भएको छ । गतवर्ष माघ २ गते तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो ।
फागुनमै क्षमा पूजा गरेर जीर्ण मन्दिर भत्काउन फलामको डण्डीले घेरिए पनि लामो समय काम अघि बढ्न सकेको थिएन । मन्दिर रु तीन करोड १४ लाखमा पुनःनिर्माण हुने पशुपति विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
पुनःनिर्माण पहिले प्रयोग गरिएकै जस्ता प्राचीन निर्माण सामग्रीको प्रयोग हुनेछ । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनःनिर्माणको काम हुने उनले बताए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि कोषले गत वर्ष सम्झौता रद्द गरेको थियो । त्यसपछि पुनःनिर्माण प्राधिकरणको सहयोगमा कोषले ठेक्का गरी पुनःनिर्माणको जिम्मेवारी दिएको हो ।
जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि
जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।
मन्दिरको कलेवर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सुँड नभएको स्थानीय सन्देश मुनिकारले बताए ।
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।
जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौ थरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना छन् ।
गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारियो ।
मन्दिर २०७७ साल पुस मसान्तमा निर्माण सम्पन्न हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ । मन्दिरमा बहुमूल्य सामग्री रहेकाले २४ सै घण्टा सुरक्षाको प्रबन्ध गरी पुनःनिर्माण शुरु गरिएको कोषको सुरक्षासमेत हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
प्योगोडा शैलीको तीन तले जीर्ण मन्दिर सोमबारदेखि माथिल्लो तलाबाट भत्काउन शुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार