इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बिहिबार ४:३६:५१
११ भदौ, काठमाडौं । भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् ।
उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त तालीममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल भएकी छिन । साथै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका छन् ।
पुरस्कृत प्रहरीलाई यही भदौ ७ गते आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गर्नुभएको थियो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालीम छ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्दछ ।
सन् २०१७ डिसेम्बरमा शुरु भएको उक्त तालीममा ९२ भारतीय प्रहरी, पाँच नेपाल प्रहरी र छ रोयल भुटान पुलिस गरी कूल १०३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । हाल नेपाल प्रहरीबाट हरेक वर्षपाँच प्रहरी निरीक्षक उक्त तालीममा समावेश हुने गरेका छन् । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालीममा हालसम्म ६० जना भन्दा बढी वरिष्ठ प्रहरी अधिकृतले भाग लिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार