मिडिया काउन्सिल विधेयक फेरि राष्ट्रियसभामा पेश हुँदै
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १८:४८:२९
१२ भदौं,काठमाडौं । बहुचर्चित तथा विवादित मिडिया काउन्सिल विधेयक आज फेरि राष्ट्रिय सभाको बैठकमा पेश हुँदैछ ।
गएको बैशाख २६ गते सरकारले एकपक्षीय रुपमा राष्ट्रिय सभामा उक्त विधेयक दर्ता गराएको थियो । सरोकारवाला पक्षसँग बिना छलफल विधेयक अघि बढाइएपछि नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलन चर्किएको थियो ।
आन्दोलनले भयानक स्वरुप लिने छाँट देखिएपछि सरकारले प्रक्रिया स्थगित गरेको थियो । महासंघको आन्दोलनले नागरिक समाजलाई समेत तताएका कारण सरकार पछि हट्न बाध्य भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वसँग भएको छलफलपछि महासंघले आन्दोलन स्थगित गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको पहलमा संसदका पदाधिकारी एवं महासंघ पदाधिकारी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबीच केही समझदारी बनेकाले विधेयक पुनः पेश गरिएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले दिएको जानकारी अनुसार, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, समिति सभापति , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेतको सहमतिमा विधेयकमा संशोधन गरिने छ ।
प्रस्तावित विधेयकमा मिडिया काउन्सिल गठन प्रक्रिया, स्वायत्तता, संरचना र प्रेस स्वतन्त्रता र दण्डजरिवाना जस्ता संवेदनशील विषय विवादित थिए । अहिले भने अध्यक्ष तिम्सिनाको पहलमा सञ्चार मन्त्री महासंघले उठाएका तीनवटा विषयमा संशोधन गर्न सहमत भएकाले महासंघले विधेयक अघि बढाउन सहमति दिइएको बताइएको छ ।
ती तीन बुँदामा मिडियाको स्वायत्तता, गठन र कारबाहीका विषयमा संशोधन गर्न सरकार तयार भएको महासंघका सभापति आचार्यले जानकारी दिएका छन् ।
अब मिडियाको स्वायत्तता र स्वतन्त्रताका विषयमा सरकारी हस्तक्षेप नहुने गरी संशोधन गरिने छ , आचार्यले भने – साथै काउन्सिल गठन गर्दा सरकार भन्दा बाहिरका मानिसको संलग्नता हुने छ । जरिवानाका सन्दर्भमा समेत अब विधेयकले संशोधन गर्ने सहमति भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार