अधिकार होइन सक्षम बन्नेमा लागौ : मन्त्री अर्याल
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १३:३८:४३
१३ भदौ, स्याङ्जा । नेपाल सरकारको भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब महिलाहरुले अधिकार भन्दा पनि सक्षम बन्ने तर्फ लाग्न आग्रह गरेकी छिन् । नेपाल कम्युनिष्ट पाटी वालिङ नगर कमिटी महिला विभागको आयोजनामा मौलिक तिज विशेष तथा शुभकामना आदनप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले अधिकारका निम्ति लडेको हाम्रो आन्दोलन सकिएको भन्दै अब आत्मनिर्भर र सक्षम बन्ने बेला आएको बताएकी हुन् ।
मुलुक जोगाउन नेपाली महिलाहरुको भुमिका महत्वपूर्ण रहेको औंल्याउदै मन्त्री अर्यालले मौका पर्दा विरता देखाएका महिलाहरुले नेतृत्व लिन सक्षम भएको जिकिर गरिन् । महिलाको जिवन परिवर्तन र अधिकार प्राप्त गर्न नेपाली महिलाले लडेको स्मरण गर्दै अब महिलालाई सक्षम र सामाजिक कार्यमा अग्रसर हुने बेला आएको मन्त्री अर्यालको भनाई थियो ।
नेपाली महिलाहरुले मनाउदै आएको तिज पर्वलाई भड्किलो भन्दा पनि सरल तवरले मनाउन नेपाली महिलाहरुलाई आग्रह गरिन् । तिज पर्व नेपाली महिलाहरुको दिवस भएको भन्दै यसको सदुपयोग गर्दै नेपाली समाजलाई योगदान दिने खालका काम गर्न मन्त्री अर्यालले सबै दिदिबहिनीहरुलाई सुझाईन् । समावेसी र समानताको अधिकारका लागि लडाई ग¥यौ मन्त्री अर्यालले भनिन्, “यही लडाईले संघिय, प्रदेश र स्थानीय सरकारमा महिलाहरुले नेतृत्व गर्ने अवसर आयो ।” नेपाली महिलाले नेतृत्व गर्न सक्छन् भन्ने क्षमताको विकास गरेर अगाडी बढ्नुपर्छ मन्त्री अर्यालले भनिन् । सरकारले नेपाली महिलाहरुको क्षमता अभिवृद्धि, आत्मनिर्भर बन्ने कार्यक्रमहरु घरदैलोमा पठाएको भन्दै स्थानीय सरकार सगँ आफ्नो अधिकारका लागि आएको कार्यक्रम खोज्न आग्रह गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी, जिल्ला समन्वय समितिका सभापति सीता सुन्दास, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, कल्पना शर्मा, तारा शर्मा र मन्जु केसी लगायतका बक्ताहरुले महिलाहरुको ठुलो चाड तिज पर्वमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिका भित्रका विभिन्न आमा समुह, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार