निर्माण भएको तीन महिनामा नै कालोपत्रे सडक भासियो
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १४:२६:२३
१३ भदौ, काठमाडौं । ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो ।
वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए । तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उनले जानकारी दिए ।
उनले भने, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ ।” दुई दिनभित्रै भासिएको सडक निर्माणको कार्य हुने उनले बताए । रु २१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो । विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार