सुडानकाण्डका अभियुक्त शम्भु भारती पक्राउ
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १८:३५:३४
१३ भदौ, काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणका फरार अभियुक्त शम्भु भारती आज बिहान ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । संयुक्त राष्ट्र संघिय शान्ति सेनाका लागि सुडानमा खटिएको नेपाल प्रहरीको बन्दोवस्तीका सामान खरिद प्रकरणमा भएको घोटालामा दोषी ठहर भारती लामो समयदेखि फरार थिए ।
०६२/०६३ को दोस्रो जनआन्दोलनपछि बनेको सरकारका पालामा भएको यो काण्डले ठूलो चर्चा पाएको थियो । ०६४ मा भएको उक्त काण्डमा धेरै प्रहरी प्रमुखले जेल भाग्नु परेको थियो । सोही प्रकरणमा सामान आपूर्ति गर्ने भारतीलाई पनि सर्वाेच्च अदालतले दोषी ठहर गरेको थियो । तर भारती फरार थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज बिहान भारतीलाई ललितपुरबाट पक्राउ गरेको हाे । सो प्रकरणमा भारतीलाई सर्वाेच्चले १४ करोड २० लाख बिगो र एक वर्ष कैदको सजाय तोकेको थियो । बेलायतको लण्डनमा मुख्यालय रहेको निर्माण कम्पनी अस्योर्ड रिस्क लिमिटेडका एजेण्टका रुपमा भारती नेपालमा कार्यरत थिए ।
प्रहरीका अनुसार भारतीलाई आजै सर्वाेच्च अदातलमा पेश गरिने छ । भारतीले तत्कालिन प्रहरी महानिरिक्षक ओमविक्रम राणासँगको मिलोमतोमा क्याटलग र स्पेसिफिकेन बिना नै सामान खरिदको नक्कली बिल बनाएको भन्दै सजाय तोकिएको थियो ।
सुडान मिसनका लागि सामान खरिद गर्दा २८ करोड ४० लाख भ्रष्टाचार भएको आरोप थियो । सो काण्डमा सर्वाेच्चले राणाका साथै पूर्व प्रहरी महानिरिक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई समेत दोषी ठहर गरेको थियो । यी सबै पूर्व प्रहरी महानिरीक्षकहरुले जेल सजाय भुक्तान गरिसकेका छन् ।
यो बहुचर्चित काण्डको फैसला सर्वाेच्च अदालतका तत्कालिन न्यायधीशहरु सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार