गरिमा विकास बैंकका ग्रहकलाई उपचार खर्चमा २० प्रतिशत छुट
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १९:२०:३५
१३ भदौ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट मिल्ने भएको छ । बैंक र हस्पिटलबीच हिजो भएको सम्झौता अनुसार अब गरिमा विकास बैंकका ग्राहकलाई त्यस्तो सुविधा मिल्ने भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्रमान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन । काठमान्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने योजनामा रहेको नायब महाप्रबन्धक/कम्पनी सचिव माधवप्रसाद उपाध्यायले नेपालबहस डटकमलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार