अम्रिसोको कुचो बिक्री गरेर लाखौं–लाख आम्दानी गर्दै किसान
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार २१:९:४
मिना कंडेल
१३ भदौ, नवलपुर । पूर्वी नवलपरासी जिल्लाको डाडाँझेरीका बासीन्दाले बर्षेनी अम्रिसोको कुचो बिक्री गरेर लाखौको आम्दानी गर्न सफल भएका छन । यो गाउँका किसान बर्षेनी अम्रिसोको कुचो बिक्री गरेर एक घर परिबारले तीन लाखसम्म आम्दानी गर्ने गरेको बताएका छन् । भीर पाखा र नागाँ डाडाँमा दुई–दुई बर्षमा अम्रिसो लगाएर यहाँका बासीन्दाले त्यसबाट कुचो बनाएर सबै भन्दा राम्रो आम्दानी गर्ने गरेका डाडाँझेरी गाबिसका सचिब एबं अध्यक्ष यामप्रसाद भुषालले बताए ।
गत बर्ष यहाँ सडक पुगेकाले कुचो बिक्री गर्न मधेश झरेर सहज भएको थियो तर अहिले भने बाटो बिग्रिदाँ गाडी पुग्न नसकेका कारण कुचो विक्रि गर्न पैदल बाटो हिँड्न वाध्य भएको कृषकहरुको गुनासो रहेको छ । डाडाँझेरीका १५ घरका कृषकले अम्रिसो लगाएका र बर्षेनी २० लाख बराबरको कुचो बिक्री हुने गरेको छ । पछिल्लो समय अम्रिसो खेती तर्फ आर्कर्षित हुन थाले पछि यो खेती जीबीकोपार्जनको राम्रो माध्याम बनेको छ । यहाका किसानले दुई सय हेक्टरमा अम्रिसो खेती गरेका र पहाडी क्षेत्रमा यो नमुना बनेको भुषालले बताए ।
अम्रिसो लगाएको दुई बर्षसम्म गोडमेल गर्नु पर्ने र काटेर कुचो बनाउन सकिने कृषकहरुले बताए । कृषकहरुका अनुसार यो प्रत्येक दुई–दुई बर्षमा काटन् सकिने भएकाले पनि कृषकहरुले बर्षेनी फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेका छन । नमुनाका रुपमा रहेको यहाँको अम्रिसो खेती सबैका लागि उदाहरणीय बन्न सफल भएको गाबिस सचिव भुषालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार