कांग्रेस छोडेका वडासदस्यको पद रिक्त गर्ने प्रक्रिया अघि बढाइयो
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शनिबार २:३:४३
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित वडा सदस्य लक्ष्मी मेहता अन्य पार्टीमा प्रवेश गरेपछि उक्त वडा सदस्य पद रिक्त गर्नका लागि आवश्यक प्रक्रिया थालेको छ ।
कांग्रेसका तर्फबाट गत निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिका–२ को वडा सदस्य पदमा निर्वाचित वडा सदस्य मेहताले कांग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए र उनको राजीनामा पार्टीले यस अघि नै स्वीकृत गरिसकेको छ ।
निज मेहता नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ मा प्रवेश गरेको हुँदा कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम उक्त वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा र समसामयिक राजनीतिक प्रस्तावमाथि समेत छलफल प्रारम्भ भएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, डा शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाईं, बहादुरसिंह ‘लामा’ तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका थिए केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १५ गते दिउँसो १ बजे पुनः बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
फिटनेश एपवाट पनडुब्बीको रहस्य लिक भएपछि फ्रान्स तनावमा
माघ ३, २०८१ बिहिबार
‘कोल्ड प्ले’ कन्सर्टले लगायो मुम्बईमा धेरै गाडी माथि प्रतिबन्ध
माघ ३, २०८१ बिहिबार
वैज्ञानिकहरूले गरे भारत दुई भागमा टुक्रिरहेको खुलासा
माघ ३, २०८१ बिहिबार
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो, कारोबार ३ करोड भन्दा माथि
माघ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार