टानको निर्वाचन : प्रजातान्त्रिक समूहको नेतृत्व सुवेदीले गर्दा बामपन्थी समुहबाट थापा
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार २२:९:३६
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीको संस्था (नीट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।
नीट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदीप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको नीट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए ।
यस्तै वामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नामावली टुङ्ग्याउन बाँकी रहेको छ । टानको वार्षिक साधारणसभा तथा निर्वाचन भदौ २० गते हुने भएको छ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार