पश्चिम नेपालमा आज अटवारी पर्व मनाइँदै
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १६:११:३२
१५ भदौ, धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ ।
आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ ।
चौधरी डगौरा समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबारसम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्व पछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।
वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् ।
पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रुपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी बहिनीको घरसम्म पु¥याइदिने प्रचलन रहेको छ ।
पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ ।
महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।
यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभाव: देशभरको तापक्रम क्रमशः घट्दो
कात्तिक २, २०८१ शुक्रबार
गोविन्दे हात्तीमा रेडियोकलर जडान
कात्तिक १, २०८१ बिहिबार
विपद् जोखिम प्राधिकरण कार्यकारी समितिको बैठकले के के निर्णय गर्यो ?
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन काठमाडौं प्रहरी र सीआइबीलाई पत्राचार
कात्तिक २, २०८१ शुक्रबार
सयपत्री फूल खेती
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार