गौ हत्या गर्नेलाई कडा कारवाहीको माग :- विश्व हिन्दु महासंघ
नेपालबहस संवाददाता
भदौ १५, २०७६ सोमबार २:१:५८
१५ भदौ,स्याङ्जा । दुई दिन अगाडी दैलेख पु¥याउने भन्दै सुर्खेतको कटकुवा जंगलमा सामुहिक गौ हत्या र घाईते बनाएको घट्ना प्रति सर्वत्र विरोध भईरहदा विश्व हिन्दु महासंघ नेपाल स्याङ्जाले पनि ध्यानाकर्षण भएको जनाएको छ ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रिंय सदस्य पं. नेत्रप्रसाद पराजुली र जिल्ला अध्यक्ष हरिहर पाण्डेले संयुक्त विज्ञप्ती जारी गरेर गौ हत्यामा संलग्न र गर्न लगाउनेलाई कडा भन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिनसमेत माग गरेका छन् ।
अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एकपछि अर्को गर्दै हाम्रो हिन्दु धर्म माथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सांघातिक प्रहार हुदै आएको छ प्रेस विज्ञप्तीमा भनिएको छ,“यस्तो जघन्य अपराधले हामी सम्पूर्ण ॐ कार परिवार मर्माहित भएका छौं ।” ॐ कार परिवारको धार्मिक कार्य प्रति ग्लानीभुत भएर अराजक कृयाकलाप बढेको अवस्थामा गौ हत्यामा संलग्नलाई कारवाही नगरेमा कडा आन्दोलनमा उत्रन समेत बाध्य हुनेछाैं- विज्ञप्तीमा भनिएको छ ।
गौ हत्याले निशव्द, अबरुद्ध कण्ठ, आत्मग्लानी एंव राज्यको अप्राणमय गतीले गर्दा नेपाल देश रोदनमय पिडामा गुज्रिरहेको अवस्थामा राष्ट्र संचालनको जिममेवारीमा रहेका केही अदुरदर्शी दृष्टिले धर्म निरपेक्षको बहानामा गौ हत्या गर्ने क्रियाकलापले सम्पूर्ण ॐ कार परिवार असुरक्षाको महशुस समेत भएको विज्ञप्तीमा भनिएको छ ।
जनताको इच्छा आकांक्षा विपरीत विदेशी इशारामा धर्मनिरपेक्ष बनाई बहुसाँस्कृतिक एकताको सदभावलाई विखण्डन गरी नेपाली जनतालाई अन्धकारले त्रासमय जीवन बिताउन बाध्य भएको उल्लेख गरिएको छ । हिन्दुहरुको माथ सधै विश्वमा उचो रहदै आएको छ विज्ञप्तीमा भनिएको छ,“धर्मनिरपेक्ष संविधानमा लेखिएपछि भएका धार्मिक आक्रमणले ॐ कार परिवार अत्यन्तै चिन्तित छौं ।”
गौ हत्याले ॐ कार परिवार मर्माहित मात्रै नभएर आगामी दिनमा देशमा अपराधिक क्रियाकलाप बढ्ने देखिएको छ । सरकारले तुरन्तै हत्या र घाईतेमा संलग्नलाई कडा भन्दा कडा कारवाही गरी सर्वप्राणी रक्षार्थ लाग्न पनि सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय जनावरको रुपमा रहेको गाईलाई धार्मिक रुपले गौ माताका रुपमा हिन्दुहरुले पूजा गर्दै आएका छन् । सुर्खेतमा भएको घट्नामा विभिन्न संघसंस्थाले समेत विरोध जनाउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार