भारतबाट खसी आयातमा रोक लगाएसँगै मासुको भाउ बढ्यो
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १६:४५:१४
१७ भदौ, बाँके । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार/पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी रु ८०० नाघेको छ ।
“एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ”, नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, “पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।”
भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो । दुई वर्षअघिसम्म किलोको ६५० मा पाइने मासुको मूल्य ८०० पुग्दा ग्राहक मर्कामा परेका छन् । “नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा महङ्गो छ”, मासु व्यवसायी कुरेसीले भने, “महङ्गो खरीद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।” भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ ।
पछिल्ला दिनमा प्रहरीले पटक–पटक भन्सार छलेर ल्याइएका खसी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगञ्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी रु ५८०, मध्यमखालको रु ६०० र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य रु ६५० सम्म छ । दशैँको समयमा नेपालगञ्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ ।
मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै आकाशिने बताए । उनका अनुसार, अहिले गैरकानूनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेका छन् । उनले भने, “दशैँको समयमा भारतबाट खसी नआए मूल्य जिउँदाकै रु ७०० सम्म पुग्न सक्छ, जिउँदो रु ७०० पुगे मासुको मूल्य स्वभाविकरूपमा बढ्छ”, कुरेसीले भने । रामबागस्थित मासु बधशालामा भेटिएका नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने राजेन्द्र सिंहले खसीको मासुको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तिरेको बताए ।
नियमितरुपमा कुखराको मासु प्रयोग गर्ने र महीनाको एक/दुई पटक खसीको मासु खाने बताउने नेपालगञ्ज–१० का हिमाल खनालले खसीको मासुको मूल्य आकाशिएपछि खान नसकिने अवस्था सिर्जना भएको बताए । मासुको मूल्य बढेपछि मासुको व्यापार पनि पहिलेको तुलनामा कम भएको मासु व्यवसायीहरुको भनाइ छ । पहिले दैनिक तीन वटासम्म खसी काट्ने व्यवसायी हनिफले अहिले दैनिक एउटा खसीको मासु बिक्री गर्न मुस्किल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार