फौजी कीराले धानबाली सखाप
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १७:३४:०
१७ भदौ, सुरुङ्गा । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।
गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उनले भने, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दोरहेछ ।”
स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताए। “यो कीराले दुई÷तीन दिनभित्रै धान काटेर सखाप पार्दोरहेछ”, उनले भने, “धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने ?”
गौरादह–६ को वीरबलचोकमा फौजी कीराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताए । किसानले लगाएको धान फौजी कीराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । “दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्दोरहेछ”, अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने, “मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।”
नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी कीराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए । उनले भने, “फौजी कीराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्, यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।”
फौजी कीराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गरे । धानबालीमा फौजी कीराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताए ।
सो नगरपालिका क्षेत्रमा फोजी कीराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ ।
विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी कीराको प्रकोपको विषयमा अवलोकन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार